Tuesday, December 4, 2012

हाईकु


पूर्वी बतास
अनौठो अनुभुती
के छ जिन्दगी ?

"गुराँस फुल्दा
ओलिएको छ मन
परदेशमा !!

"चैतको हुरी
सुकाउदै छ तन
सुक्दैन आँखा !"

"रंग पोतेर
मनभित्रको टाटो
मेटीदैन है ..!"

"निलो आकाश
शितल छ बताश
कस्तो सन्त्रास ?"

बादल बर्स्यो
बग्यो पहाड तराई
रुझेंन मन  ।

क्षितीज छुन
हौसला रोप्नु पर्छ
शुभकामना !

मन्द बतास
उडाई लान्छ सपना
अँध्यारो बस्ती !!

आउँछ रात
नाईल नदी जस्तै
बिहान बोकी !!

रंगीन फुल
सुबासित आँगन
दशैको बेला   !

चिसो बिहान
दिन  न्यानो रविले
दशैँ आएछ !

रसिलो आँखा
नियाल्छ खालीपन
सम्झदै घर !

चाड बाडमा
नाईल नदी झैँ
यी रात दिन  !

झस्किदो  उस्तै
ससानो आहटमा
आमाको मन  !

बाँचा खाली गो
यो पाली नि यस्तै भो
नरुनु आमा  !

बतास संगै
आशिष पठाउनु
दशैँ को आमा !

समुन्द्र पारी
निस्सासिदै खुल्छन
सुस्केराहरु  !


Monday, December 3, 2012

ख्वाहिशें पालें है दिलमें इक मौका मिले (कविता )


ख्वाहिशें पालें है दिलमें
इक मौका मिले
तुझसे मिलने कि
उस पलोंमे
तुम मेरे
दोनों हाथ पकड़ कर
अपने चेहरे पे रखो
बस
उसी वक़्त
मै चुरा लुंगी