Tuesday, January 28, 2014

नीला आँखा

निला आँखा (कथा )
-        निर्मला खड्का
सानै देखि उपन्यास ,कथा र कबिताका किताबहरु पढ्ने बानी रह्यो ।


नीला आँखा हुने मान्छेहरु धोकेवाज हुने र उनीहरुको भर पर्न नहुने भनेर त्यसबेला पढिएका कथाहरुमा पढेको सम्झना आउँछ | जीवन यहाँसम्म आइपुग्दा हजारौ कथा पढियो होला । कतिले मन छोएर गएका छन् भने कयौंले अमिट छाप छोड्न सफल भएकाछन,मस्तिष्कमा । त्यो नीलो आँखायुक्त पात्र भएको कथाको बस्तुस्थिती मैले बिर्से तर निला आँखा भएका मान्छे बिस्वासका पात्र हुँदैनन्  भन्ने कुरा चै काँडाले चिथारेर लागेको चोटको नमेटिने गरी बसेको दाग झैँ बसेको छ मेरो मानसपटलमा । उसो र हाम्रा घाउँ घरमा नीला आँखा भएका मान्छे भेट्नु नै कहाँ काला र खैरा बाहेक देख्न पा’हैन । तर जिन्दगीका उतार चढाव संगै पैठेजोरी खेल्दै हिड्दा घरदेश छोडी परदेश पुगियो । अब भने निला ,काला,खैरा अनि हरिया आँखा प्रसस्त देख्न पाइन थालियो । परदेशको बसाईं संगसंगै भएका विभिन्न आँखासंगको झम्काभेट,परिचयमित्रता संगै सम्बन्ध प्रगाढ हुदै जानु कुनै नौलो भएन

मात्र मेरो सोच

हामी माझ
तिम्रो या मेरो
मात्र मेरो सोच
एक एक पाईला अघि बढ्छ /बढाउछ
हामी उही फेरी समयसंगै

Friday, January 17, 2014

एउटा नौलो भाषा छ

म संग 
एउटा नौलो भाषा छ 
जुन मान्छेहरु 
निदमा,ब्युँझिदा,हिड्दा 
नारा लगाउछन 
तर 
चुपचाप ।

Wednesday, January 15, 2014

दृश्यहरु

म उभ्भिएको ठाउँबाट देखिने
मटमैलो गगनको एक टुक्रा
हल्का निलो रङ्ग को धर्ति
पर पर पुग्दा अझै गहिरो रङ्ग
जिन्दगीको पुरै अर्थ दिन सक्छन /
दिने सामर्थ्य राख्छन यी दृश्यहरु ।

यी निला रङ्गहरु आफु भित्र
कस्ता कस्ता रहस्य राख्दा हुन्
यसको अन्दाज कसलाई होला ?
जहाँ जिन्दगीको कुनै नाम छैन
आँगन छैन ,घर छैन , न कुनै भित्ताहरु नै छन  ।

Friday, January 3, 2014

इस दिल में दफ्न कुछ रुस्वाईयाँ आज भी है

इस दिल में  दफ्न कुछ रुस्वाईयाँ आज भी है
इश्क में हो जाउ फ़ना तैयारियाँ आज भी है ।

बदल गई है राहें और कहानी उल्फत की भी
उन गलियों में मेरी बदनामियाँ आज भी है ।

दिवार गजब लाग्छ

दिल दिल माझ छन् दिवार गजब लाग्छ 
देख्न सुन्न दर्शन विचार गजब लाग्छ । 

हर रात मलाई मेरै परिचय दिन्छौ 
याद तिम्रो सबै उपहार गजब लाग्छ ।