Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Thursday, November 5, 2015

जिद्दी धून

निद
तिमीलाई भरपूर नीदको खाँचो छ
यो नेपथ्यको आवाज हो
आई रहन्छ ,म सुन्दिन
उसलाई समर्पित अनिद्रामा मलाई
खाँचो छ पुरानो धूनको
धून एउटा जिद्दी धून
झरीमा रुझेर रात सक्ने
एक निमेष रातमा एक युग सक्ने ।

Wednesday, June 3, 2015

अकविता

म,
उपन्यासकी च्याटगर्ल
रंगी सारी गुलाबी चुनरिया
हो रंगी सारी
मेरो आजको प्रमुख नायीकाहरु
र्याम्पगर्ल, गिरि र शोभा गुर्तुको ठुमरी
जागो या जाग न

Wednesday, February 11, 2015

हो म प्रेम गर्छु

म अनौठो रागलाई प्रेम भन्छु
जसमा मेरो वरिपरि स्वत: सन्नाटाहरु परिभाषित हुन्छन
केहि प्रिय अप्रिय बक्तब्यहरु
केहि अबोध अभिब्यक्ती संगै
भावनावेशमा थप भूमिका लेख्छ उही प्रेम ।

Monday, December 15, 2014

म भृंग तृष्णा

उस्तै छ गल्ली र गोरेटो
उस्तै समयको बिम्ब
मैले टेकेको धराताल
तिमीले नियाँल्दै गरेको आकास
के के उस्तै छ ?

अमुर्त प्रश्न,
परिभाषामा तारिक प्रेमको
धेरै याद आई रहेछ
त्यहि ,उही डिसेम्बरको चिसो ।

Sunday, April 13, 2014

नयाँ बर्ष

जीवनको अन्जुलिबाट
तप्प तप्प तरल भएर चुहिने समय
चैत झरेर रंगीन भएको सडकभूई
अप्राय चाहतहरु
सासको वक्रता
समयको फेहरिस्त
निस्तब्ध निशा
परिवर्तन खोज्छ आफैमा ।

Friday, April 11, 2014

सपनाको डायरी


सधै झै
झ्यालको चरबाट चियाउछ
एक धर्को आशाको किरण
अनिद्रा संगै खोलिन्छ
एउटा डायरी

Saturday, April 5, 2014

समयको इतिहास

समय
इतिहास लेख्छ
कतै सिमा युद्धको
कतै गृहयुद्धको
कतै खुनको
कतै अध्यागमनको
कतै पसिनाको
कतै भोकको
अनौठो लाग्छ

शितको युद्ध

दुर बादल चम्किन्छ
रातले गाजल पखाल्छ
गगनको
तिमी र म
संगीत
यी बाटाहरू
अब अलि फरक लाग्दैछ

Saturday, March 29, 2014

शिरिषको फूल

यो शिरिष फुल्ने मौषम हो है
हैन यसको खास रङ्ग कस्तो हो ?
हाँगा देखि भूईभरि
छरिएका यी फूलहरु
एकटक हेरी रहन्छु
निलो ? हैन
बैजनी ? कतै
बैगुनी ? सायद

मनको बक्तब्य

आफ्नै अदालत
आफ्नै वकालत
केहि पलको मौनता
बिस्वास र बाध्यता बीच
मन बक्तब्य दिन्छ
नजर कम्जोर हुनुको
रातको अँध्यारोमा उपस्थित सपना
कसले देखेको छ उसको मुहार
छरिनु / पोखिनुको अनेक कारणहरु छन्
जिन्दगीका
 कती गुनासाहरु /कती अशान्तिहरु
हरेक मोडमा आन्दोलन गरि रहन्छन ।

जीवन एक नाम

जीवन
एक नाम
अनुबन्धित सास
कवित्वपूर्ण दस्तखत
जागिर कारागारको
चक्रब्यु
प्रतिबादहरु
उल्लास

Monday, March 24, 2014

पृथ्वीको पुनर्जन्म

समाचार या खबर
बेखबर छन किन
बिज्ञानले संसार जितेको दावा गर्दा
प्रकृति आन्दोलित हुन्छ र त
आकासमा उड्दा उड्दै सयौ अस्तित्व हराउछन
सागर सारा रहस्य निलेर निस्लोट भै िदन्छ ।

डाक्टरले अङग अङग काटेर जोड्दा
जिवनले सास लिन्छ
शक्तिको उन्मादमा उफ्रेर सिमा नाघ्दा
सिमानाका सैनिक सक्रिय हुन्छन
घमण्ड निस्तेज पार्छन ।

Saturday, March 22, 2014

मान्छे

मान्छे
नागरिक हुँदा
कर्तब्य बोक्छ काँधमा
घर र देशको
निस्कन्छ सपनाहरुको थाती सहित
मरभूमि सिच्न
मान्छे हुनुको दम्भको चित्र
उसको रुझेका आँखा
एउटा कहानी भन्छ ।

Monday, March 17, 2014

प्रेमको दिवस

कल्पनामा एक साँझ
समुन्द्रको शुष्क किनारै किनार
अनेकौ काव्यिक कारिगरी चट्टानहरुको
तरंगित पानीका निशानहरु
बालुवामा बन्दै मेटिदै मनका तस्विरहरुमा
पत्र पत्र चिमोटिएर छरिएका राता गुलाब

Thursday, March 6, 2014

मानव आवरण

ए मानव !
कति आवरण सुम्सुमाई रहन्छौ ?
लेख न
पढन देउ दुनियालाई
कथा
कविता
गजल
यो धुवाँ कहाँबाट उठ्दै छ ।

Saturday, February 15, 2014

मेरा चिसा आँखाहरु

मेरा चिसा आँखाहरु
केहि पत्र सम्झनाहरु ओढेर
झ्याल बाहिर चियाँउछन

समुन्द्रको निलो पानीको क्यानभासमा
बतासले अनेक आकृति तयार पार्छ अनि मेट्छ ।

Wednesday, February 12, 2014

जिन्दगीको सच्चाई

शास्वत नियम
समुन्द्रमा पानी छ
नदि नहरमा पानी छ
स्वाद उस्तै
आँखाको आँसु
यहि जिन्दगीको सच्चाई ।

मानव बस्तीमा
सुर्यको किरणले
नज़रको रङ्ग बदली दिन्छ
सन्नाटालाई खलबलाई दिन्छ
जिन्दगीको पदचाप निरन्तर
कयौ अनुत्तरित प्रश्न
मनोदशा लेखेर झ्याल बाहिर हाम फाल्छन  ।

दायाराहरु

एउटा खुला चौराहामा म रुनु
एकान्तमा तिमी हाँस्नुको एकै अर्थ कसरी हुन् सक्छ
जिन्दगी खोज्न खाली खुट्टाले दौडेर भेट्टीन्छ र ?
बिस्वासहरु लघुता बोकेर हिडदैनन्

भित्तोको तस्विर

मेरो भित्तोमा झुण्डि रहेको तस्विर
भौतिकताबादलाई च्यातेर
मलाई गिज्याई रहन्छ ।

मेरो नजर
हरेक चित्रमा डुल्छ
पत्र पत्र छिचोल्दै
अनि पढछ नि:शब्द कोरिने
जिन्दगीले रुझेका कविताहरु ।

Friday, February 7, 2014

एक अपूर्ण चिनारी

मधुरो चिमको उज्यालोमा
एक युग हिडेको थकान पोख्छ जिन्दगी
केहि अपराधबोध
समयका प्रारूपहरु
एक अपूर्ण चिनारी
एक  पूर्ण  धरोहर
एक दिन यस्तो आउने छ
जहाँ उज्यालो ले रङ्ग फेर्न सक्नु पर्छ ।