Showing posts with label लघु कथा. Show all posts
Showing posts with label लघु कथा. Show all posts

Friday, September 20, 2013

सोच

हिजो देखि भित्रभित्रै उकुस मुकुस भै रहेको थियो त्यसैले मन शान्त होस  भनेर नै  सुनसान सडक एक्लै नाप्न निस्कन्छु । समुन्द्री सिरेटोले यो तनलाई शितल त गराउदै छ तर म भित्रको ज्वालालाई अझै उग्र पनि बनाउदै छ । म जती जती सोच्दिन भन्दछु त्यहि नै ती छविहरु मन मस्तिष्कमा फैलिदो छ । उ म संग भएर पनि छैन र नहुनु को अर्थमा म उसलाई मेरो जिन्दगीमा सामिल गर्दिन पनि हैंन । थाहा छैन कहाँ छ त्यो संसार जुन मेरो सोच भित्र छ । छ कि छैन ?। यस्तै यस्तै अन्यौलको यो यात्री सधै एक रुमानी कल्पनामै जीवन खोज्दै भौतारिन्छ । म साँच्चै नै मानसिक रोगी हु त ? यस्ता प्रश्न पनि नउठेका हैनन् यो दिमागमा । जवाब कसले दिने मलाई ? डाक्टर भन्दा अर्को को हुन् सक्छ र यो सम्झाउने मलाई त्यसैले क्लिनिकको ढोका पनि ढकढकाउन पुगे । तर त्यो मेरो सन्तुष्टि हुन् सकेन । मेरा सारा रिपोर्टहरु नर्मल देखिए । यदि म नर्मल हुन्थे भने यो तड़प किन छ म भित्र ? के चाहन्छु म ? यो असन्तुष्टी के र कसका लागी हो ? साथी , नाम , दाम,काम , घर परिवार , आफन्त ? कदापी हैन  । अनौठो आवाज संगै समुन्द्री छाल मलाई मेरो सोचका तरंगबाट ब्युँताउन सफल हुन्छ । एकछिनको टोलाई पछी फेरी उही सोचका गर्तहरुमा डुबुल्की खेल्न पुग्छ मेरो अनियन्त्रित सोच ।

अपरिचय

"धेरै पो भै सक्यो त है हाम्रो भेट न भएको पनि " एक्लै घोत्लिएर यसरी बर्बराउनु बाहेक के नै उपाय भो र ?
मलाई साह्रै चित्त बुझ्न छाडेको छ अचेल यो अनिलो समयसंग । आफैसंग झन्नक हुन्छ र उठ्छु अनि व्यस्त हुन्छु साथी संगीसंग फोन वार्तामा । बेचेको समयबाट आफ्नो लागी समय निकाल्न धौ धौ नै परेको अवस्था भोग्दै पो हामी परदेशमा ।
"हेर न अती दिक्क लागि सक्यो । अर्को हप्ता त हामी जसरि भेट्न पर्छ है ।

Thursday, April 4, 2013

म लाहुरे

 म विदेश ( लाहुर ) जान्छु ।
निर्णयात्मक थियो स्वर  
अनि छरपष्ट कठोरता ।
विस्फारित हुदै केहि जोडी नज़र 
पुर्लुक्क उठछन् 
तिमी छोरी  मान्छे  लाहुर जान हुन्न ।
लाहुरे हुन बाहुबल चाहिन्छ  अनि के के 
 छोरी  कमजोर (मान्छे न ) हुनु को आभास दिलाईन्छ
एकलास अट्टहास लाउँछ मेरो मन यो मानसिकतामा 
तर

Monday, May 14, 2012

त्यो पापी

निर्मला खड्का 


मेरो घरको गली वरिपरी एउटी पागल केटी हिड्ने गर्छे । कहिले उसको हातमा प्लास्टिकका झोला हुन्छन भने कहिले बोराहरू । त्यहि बोरा थैला थैली बोकेर दिनहुँ भुइँमा के के खोजे जस्तो गर्दै केहि टिपेर आफुले बोकेको थैलोहरुमा राख्दै हिड्छे । भर्खरै यौनास्थामा पाइला टेकेकी छ ।झट्ट हेर्दा उमेर बाइस चौबिस कि जस्ती देखिन्छे । कालो लामो कपाल जिंगरिङ्ग फैलिएर लट्टीएको हुन्छ सधै जसो । शरीरका लुगाफाटा उस्तै अस्त व्यस्त हुन्छन । प्राय: फाटेका पनि हुन्छन र उसको शरीरलाई नंगयाएको हुन्छ कति ठाउँमा । केहि उत्ताउला केटाहरु ढुंगा हानेर जिस्काउन पनि पछी पर्दैनन् । ऊ सधै जसो शान्त हुन्छे । कसैलाई हान्ने बिगार्ने गर्दिन । कसैले बोलायो भने एकोहोरो हेर्ने गर्छे ्र कहिले काही मुसुक्क हाँसी पनि दिन्छे । समाजसेवामा लागेका महिलाहरुले समय मिलाएर उसलाई न्वाइधोई गरि कपाल कोरेर लुगा फेरी दिने गर्छन । त्यति बेला उसको रुप पुर्णिमाको जुन जस्तै धप्पक बलेको हुन्छ तर भोलि पल्ट उसको उस्तै हाल भएको देख्छु ।निक्कै राम्री छ ऊ । गोरी हिस्सी परेकी.सिंगारिएर हिड्ने हो भने कुनै चलचित्रकी नायीका भन्दा कम हुने थिइन् । ऊ बौलाही नभएर कुनै सद्धे केटी हुदी हो त कति केटा उसको हात माग्न उसको आमा बाबुको अघि पुग्थे होला । दिनहुँ उनको घरको फेरो लगाउथे होला ।

Tuesday, May 8, 2012

लघु कथा : सहयोग

- निर्मला खड्का 

 


 टेलिभिजनमा  समाचार आइ रहेको थियो  " आज बिहानै हिम पैह्रो संगै सेती नदीमा आएको बाढीले सेती नदीको किनारमा बसेको सारा बस्ती बगाएर लागेको छ    भर्खरैको ताजा समाचार अनुसार सात जनाको मृत शव फेला परेको छ भने कयौं मानिसहरु अझै लापता छन । उनीहरुको खोजी कार्यमा  नेपाल प्रहरी र सेनाका जवानहरु तदारुकताका साथ लागी रहेको जानकारीमा आएको छ " । बडो ध्यान पुर्वक समचार सुनी रहेको रामे जुरुक्क उठ्छ बसेको ठाउँबाट । भित्तामा टाँगी रहेको टिशर्ट र पाइन्ट लगाउछ । हतार हतार बाहिर निस्कन्छ । एउटा छापाखाना अगाडी गएर टक्क अडिन्छ र माथि झुण्डी रहेको बोर्डमा  हेर्छ " शीतल  छापाखाना "। खुसुक्क भित्र पस्छ