आजको पाना
केहि त्यान्द्रा शब्दका सिधा बङ्गा धर्साहरु
मनका भावनाहरु
उकुस मुकुस संगै आफै संगको वार्तालाप
यो पागलपन हो त ?
आफै माथि आफनै मनको आक्रोस
म सिती मिती रुन्न
मनको आरोपमा
यहाँ महान को छ ?
फूलको अद्भुत बयान त मेरी सानी छोरी गर्छे मलाई डाको छाडेर रुन आउछ उनको अबोधतामा म माकुराको जालो बुनाईले प्रभावित हुन सकिन तर मेरो अवस्थामा उस्को जिवन शैलीको प्रभाव देखिन थालेको छ ।
मन सानो ताल
ढुङ्गाहरु फालिन्छन जब
एक पछी अर्को अनेक तरंग उठछन्
हतारिदै किनार छुन
किनार पर अझै पर
थकित ती छालहरु
मेटिन्छन....फेरी एउटा आशा बोकी
फेरी डुङ्गाको मार सहन ....
निपष्ट अँध्यारोले
सपना देख्छ उज्यालोमा
सपना रंगीन
बिपना उजाड
अब म एउटै काम गर्छु
सपनाहरुको सबै रङ्ग चोरेर
बिपनालाई चुर्लुम्म भिजाई दिन्छु
अनि बनाउँछु
नयाँ रङ्गहरुको समायोजन
नयाँ इन्द्रेणी
संगै
नयाँ प्रयोग
अँध्यारो र सपनामा ।