Showing posts with label संस्मरण. Show all posts
Showing posts with label संस्मरण. Show all posts

Saturday, May 12, 2012

सिमा, मेरी साथीसँगै अतित सम्झदा

निर्मला खड्का
एक्काइसौँ शताब्दीको पहिचान, सूचना र प्रविधिले ल्याएको अभियान कम्यूटर र इन्टरनेटको जमानाले टाढा कतै हराएकि साथीभाइहरू पाउन सजिलो भएको छ । यतिवेला सँसारभरि नै चर्चामा रहेको फेसबुक सञ्जाल विना म पनि टाढिएर रहन सकिन । र त हिजो आज मलाई फेसबुकको भित्तो चियाउदै हिड्ने लत लागेको छ आज फेरि फेसबुकको भित्तोहरु चियाउने क्रममा "सौरभ गुरुङ" को भित्तोमा पुगे जसले मलाई आज भन्दा बिसबाइस वर्ष हिले छोडेर आएको मेरो अतीतलाई फेरि झकझकायोसौरभ गुरुङ मेरो साथीको छोरा, उनि आज एक्काइसौ वर्षमा पाइला टेकिसकेका छनसौरभकी आमा सिमा अनि म सानै देखि स्कुल मा संगै पढ्दै यस यल सी सम्म संगै थियौहामी संग संगै हास्दै, खेल्दै आफ्ना जीवनका सपनाहरु बुन्ने गर्थेयौ,कसरि ती सुनौला सपनाहरुलाई यथार्थको रुप दिने भनि एक आपसमा सल्लाह गर्थयौजिन्दगी चलाउनुको पाटोहरूमा मनभरि अनेकथरिका तानावाना बुन्दै अगाडि बढ्दै थियौँ । सबै साथीहरुको आ-आफ्नै भबिष्यको सपना थियोकोहि के भन्थे भने कोहि के? तर म सिमा र अरु दुई साथीहरु मिलेर स्टाफ नर्स बन्ने सपना बुनेका थियौ । तिनै सपनाहरूमा रूमल्लिँदै एसएलसी सम्मको परक्षा पनि दियौँ । परीक्षा दिएर परक्षाफलको प्रतिक्षा गर्नु कति अधैर्य हुनछ सायदै भनिरहनु पर्दैन ।