Tuesday, January 28, 2014

नीला आँखा

निला आँखा (कथा )
-        निर्मला खड्का
सानै देखि उपन्यास ,कथा र कबिताका किताबहरु पढ्ने बानी रह्यो ।


नीला आँखा हुने मान्छेहरु धोकेवाज हुने र उनीहरुको भर पर्न नहुने भनेर त्यसबेला पढिएका कथाहरुमा पढेको सम्झना आउँछ | जीवन यहाँसम्म आइपुग्दा हजारौ कथा पढियो होला । कतिले मन छोएर गएका छन् भने कयौंले अमिट छाप छोड्न सफल भएकाछन,मस्तिष्कमा । त्यो नीलो आँखायुक्त पात्र भएको कथाको बस्तुस्थिती मैले बिर्से तर निला आँखा भएका मान्छे बिस्वासका पात्र हुँदैनन्  भन्ने कुरा चै काँडाले चिथारेर लागेको चोटको नमेटिने गरी बसेको दाग झैँ बसेको छ मेरो मानसपटलमा । उसो र हाम्रा घाउँ घरमा नीला आँखा भएका मान्छे भेट्नु नै कहाँ काला र खैरा बाहेक देख्न पा’हैन । तर जिन्दगीका उतार चढाव संगै पैठेजोरी खेल्दै हिड्दा घरदेश छोडी परदेश पुगियो । अब भने निला ,काला,खैरा अनि हरिया आँखा प्रसस्त देख्न पाइन थालियो । परदेशको बसाईं संगसंगै भएका विभिन्न आँखासंगको झम्काभेट,परिचयमित्रता संगै सम्बन्ध प्रगाढ हुदै जानु कुनै नौलो भएन

मात्र मेरो सोच

हामी माझ
तिम्रो या मेरो
मात्र मेरो सोच
एक एक पाईला अघि बढ्छ /बढाउछ
हामी उही फेरी समयसंगै

Friday, January 17, 2014

एउटा नौलो भाषा छ

म संग 
एउटा नौलो भाषा छ 
जुन मान्छेहरु 
निदमा,ब्युँझिदा,हिड्दा 
नारा लगाउछन 
तर 
चुपचाप ।

Wednesday, January 15, 2014

दृश्यहरु

म उभ्भिएको ठाउँबाट देखिने
मटमैलो गगनको एक टुक्रा
हल्का निलो रङ्ग को धर्ति
पर पर पुग्दा अझै गहिरो रङ्ग
जिन्दगीको पुरै अर्थ दिन सक्छन /
दिने सामर्थ्य राख्छन यी दृश्यहरु ।

यी निला रङ्गहरु आफु भित्र
कस्ता कस्ता रहस्य राख्दा हुन्
यसको अन्दाज कसलाई होला ?
जहाँ जिन्दगीको कुनै नाम छैन
आँगन छैन ,घर छैन , न कुनै भित्ताहरु नै छन  ।

Friday, January 3, 2014

इस दिल में दफ्न कुछ रुस्वाईयाँ आज भी है

इस दिल में  दफ्न कुछ रुस्वाईयाँ आज भी है
इश्क में हो जाउ फ़ना तैयारियाँ आज भी है ।

बदल गई है राहें और कहानी उल्फत की भी
उन गलियों में मेरी बदनामियाँ आज भी है ।

दिवार गजब लाग्छ

दिल दिल माझ छन् दिवार गजब लाग्छ 
देख्न सुन्न दर्शन विचार गजब लाग्छ । 

हर रात मलाई मेरै परिचय दिन्छौ 
याद तिम्रो सबै उपहार गजब लाग्छ ।

Monday, December 30, 2013

मेरा झुठ

इक हादासा
मेरे झुठ का
कितने खामोश थे हम
जब हमने तुमसे झुठ बोला था
तेरी खुशी इसी मे है
मेरे दिल कहा  फिर ....

Tuesday, December 24, 2013

भन्छन यहाँ प्रचार हुनु पर्छ

भन्छन यहाँ प्रचार हुनु पर्छ
पत्रकार या सरकार हुनु पर्छ ।

मरेर जाँदा के भारी लान्छौ ए साथी
लासको  एक हकदार हुनु  पर्छ ।

Saturday, December 21, 2013

हर सासमा उस्को प्रेम सुगन्ध सामिल छ

हर सासमा उस्को प्रेम सुगन्ध सामिल छ
न मेरो समय न जिन्दगी न साथ दिल छ ।

के अर्थ छ र  सर्वगुण सम्पन्न हुनुको
जूनमा दाग छ र त बयान ए काबिल छ ।

Thursday, December 12, 2013

म प्रेममा छु सदैव

ती नजरको साहारामा देखेका
सपनाहरु डर लाग्दा कतई थिएनन्
रङ्गहरुमा रङ्ग भिजेर पोतिएको
कुनै पोख्त चित्रकारको क्यानभासमा रहेको
बहुमुल्य चित्र झैँ
ती सपनाहरुको रातलाई थामेर राख्न सकिएन
हो यस्तै गुनासाहरु लिएर उभिन्छ मेरो मन मेरो सामु
फेरी
ती रातमा लुथ्रुक्क रुझेको मेरो आँचलमा
कसैले शितको सुगन्ध खोजे
कसैले जुनको उज्यालो छामे
तर त्यो तिम्रो प्रितले रुझेको मृदु अनि स्निग्ध
मुस्कानमा मेरो तृप्ति प्रष्ट छ अझै ।

Friday, November 29, 2013

ढुङ्गामा कसी

पुरा 
कोई सम्झौतामा 
कोई बर्बादीमा 

उ संघर्समै रमाउँछ 
म अस्तित्व बुझ्नमा 

Tuesday, November 26, 2013

किन यो सुनसान मध्य रात जल्दै छ त ?"

गहिरो मौनता
हामी दुवै बीच पसारिएको छ ।
न ऊ बोल्छ
न म बोल्न सक्छु
कती रहर अल्मलिए यस्तै
कति उमंग ओईलिए फेरी

यादको ताप

चिसो यो रातमा
अतीतको सम्झना
वर्तामानको संघर्ष
भविष्यको अन्यौलता
मिश्रित ताप दिन्छ ।

Sunday, November 17, 2013

साहित्यको 'कमेडी' - राजकुमार बानियाँ

दसैंछेक लखपति भएकै हुन्, राजन मुकारुङ । त्यसको एक महिना नबित्दै फूलको थुँगाजस्तै भइसकेछन् । 'दमिनी भीर' उपन्यासमा मदन पुरस्कारस्वरूप थापेको नगद दुई लाख जमघट, चाडबाड र घुमघाममा सकिएछ ।
त्यसो त 'हेत्छाकुप्पा' उपन्यासका लागि केही वर्षअगावै दुई लाख पाँच हजारको थैली बुझिसकेका रहेछन् उनले । फरक के भने, त्यतिबेला उनको फुर्मासी स्वभाव चिनेका शुभेच्छुकले बैंक ब्यालेन्स गरिदिएछन् र त्यो धनराशि उनले विदेश जानेलाई दिएछन् । एक-डेढ वर्षपछि फिर्ता लिएछन् ।
झन्डै १२ वर्ष कुनै सरकारी, गैरसरकारी कम्पनीको तलब नथापेका यी युवा लेखकलाई पुरस्कारको रकम उस्तो भारी लाग्दैन । बरु त्यसले समाजमा पार्ने प्रभाव अनि बजारमा पाठकको खोजी महत्त्वपूर्ण लाग्छ ।

उदाश नजर धुवाँ धुवाँ छन

उदाश नजर धुवाँ धुवाँ छन
मनका रहर धुवाँ धुवाँ छन्   ।

गगनभरी छ बारुदको मुस्लो
हरेक शहर धुवाँ धुवाँ छन  ।

Sunday, November 10, 2013

गोरेटो मुस्कान

छातीभरी 
अन्जान पईतालाका डोबहरू 
पिल्सिदै दिर्घ घाउँ दुखि रहन्छ /रहने छ 
असिमित पीडाहरु मै 
गोरेटो मुस्काई रहन्छ 
एक जीवन्त मुस्कान 
यात्रीहरुलाई गन्तब्य भेटाएर  ।

Friday, November 8, 2013

भोटको हङ्गामा

फगत कती गर्नु यहाँ भोट को हंगामा
उनै नेता उनकै पुराना खोटको हंगामा ।

यो रित हो बर्षौ देखि चली रहेको छ यहाँ
निरन्तर रहन्छ धोका चोटको हंगामा ।

सारा पिर छोडी

सारा पिर छोडी शान्तीको सुमधुर गीत गाऔं आज
सबै जात धर्म ,रितिथिती एकै अंगालोमा बाँधौं आज
न लिएर आयौ केहि न लानु छ केहि ,के छ तेरो मेरो ?
आउ सबै  मिलेर आशा को एक दीप जलाऔं आज  ।

तिहार २०७० 

म एक मरेको मान्छे

अभिष्टता यथावत
अभ्यावेदन
म अमल
अनगन्ती छालहरुले तरंगित
अचेतन मन अभियोग बर्बराई रहन्छ
म एक मरेको मान्छे ।

Friday, November 1, 2013

हार निश्चित,सल्लाह बढ्दै थियो

हार निश्चित,सल्लाह बढ्दै थियो
दिलमा अनौठो उत्साह बढ्दै थियो

जब मृत्यु सबै भन्दा करिब आयो
तब जिन्दगी को चाह बढ्दै थियो  ।