Tuesday, October 15, 2013

याद आयो आज

याद आयो आज उनको रात लम्ब्याई गयो फेरी
सम्झी दिदा तिनै दिन मन जलाई गयो फेरी ।

बन्द थिए पानाहरु,किताब भित्र अतितको
आयो झोका बतासको पाना पल्टाई गयो फेरी ।


लेख्न बसें प्रेमकथा, रमाइलो थ्यो आरम्भ त्यो
लेख्दा छुटेको त्यो साथ ,चस्स दुखाई गयो फेरी ।

भेट हुँदा दोबाटोमा ,झुक्यो नज़र तिम्रो जब
सम्झनामा नमेटिने दाग बनाई गयो फेरी ।

गर्यौ कुरा अँध्यारोमा ,दोष माने समयको

स्वार्थ तिम्रो थाहा हुँदा घाउँ बल्झाई गयो फेरी ।

No comments:

Post a Comment