Sunday, December 28, 2014

यो संगत न हो अनेक पढाएर जान्छ

यो संगत न हो अनेक पढाएर जान्छ
एकै झोका बतासले नि हल्लाएर जान्छ ।

एक पुग्नु,अर्को फर्किनु एकै समय भयो
समय हो साथी हस्ती मेटाएर जान्छ ।

केहि निकालेर हेर आफ्ना ख्यालहरुबाट

केहि निकालेर हेर आफ्ना ख्यालहरुबाट
छन् उपाय मुक्त हुने अनेक सवालहरुबाट ।

मलाई खरकै छानो काफी हुनेछ जिउन
बच्नै पर्ने छ भने पनि  बतासहरुबाट ।

Monday, December 15, 2014

म भृंग तृष्णा

उस्तै छ गल्ली र गोरेटो
उस्तै समयको बिम्ब
मैले टेकेको धराताल
तिमीले नियाँल्दै गरेको आकास
के के उस्तै छ ?

अमुर्त प्रश्न,
परिभाषामा तारिक प्रेमको
धेरै याद आई रहेछ
त्यहि ,उही डिसेम्बरको चिसो ।

Monday, September 29, 2014

लेखकले शब्द एक अर्थ अनेक लेखेको छ

लेखकले शब्द एक अर्थ अनेक लेखेको छ
पाठकले अनेक शब्दमा एकै अर्थ भेटेको छ  ।

यहाँ दुइ शरीर एक आत्माको बयान हुन्छ
आँखा ले किन  भिन्दा भिन्दै दृश्य देखेको छ ।

Monday, August 4, 2014

अब कहि से इस दिल पे करार आया है

अब कहि से इस दिल पे करार आया है
वक्त ने हर हर्फ़को बारिकी से सम्झाया है ।

मुफलिसी-ए- लिबास और रुदाद सहाना
उससे ज्यादा तो वो आज मुस्कुराया है  ।

Friday, April 18, 2014

पागल झै के के भिरेर हिड्छ

पागल झै के के भिरेर हिड्छ
तर बोलीमा इमान राखेर हिड्छ ।

शरीरमा चिथ्रा छन् च्यातिएका
उही छातीमा देश बोकेर हिड्छ ।

Sunday, April 13, 2014

नयाँ बर्ष

जीवनको अन्जुलिबाट
तप्प तप्प तरल भएर चुहिने समय
चैत झरेर रंगीन भएको सडकभूई
अप्राय चाहतहरु
सासको वक्रता
समयको फेहरिस्त
निस्तब्ध निशा
परिवर्तन खोज्छ आफैमा ।

Friday, April 11, 2014

सपनाको डायरी


सधै झै
झ्यालको चरबाट चियाउछ
एक धर्को आशाको किरण
अनिद्रा संगै खोलिन्छ
एउटा डायरी

Saturday, April 5, 2014

समयको इतिहास

समय
इतिहास लेख्छ
कतै सिमा युद्धको
कतै गृहयुद्धको
कतै खुनको
कतै अध्यागमनको
कतै पसिनाको
कतै भोकको
अनौठो लाग्छ

शितको युद्ध

दुर बादल चम्किन्छ
रातले गाजल पखाल्छ
गगनको
तिमी र म
संगीत
यी बाटाहरू
अब अलि फरक लाग्दैछ

Saturday, March 29, 2014

शिरिषको फूल

यो शिरिष फुल्ने मौषम हो है
हैन यसको खास रङ्ग कस्तो हो ?
हाँगा देखि भूईभरि
छरिएका यी फूलहरु
एकटक हेरी रहन्छु
निलो ? हैन
बैजनी ? कतै
बैगुनी ? सायद

मनको बक्तब्य

आफ्नै अदालत
आफ्नै वकालत
केहि पलको मौनता
बिस्वास र बाध्यता बीच
मन बक्तब्य दिन्छ
नजर कम्जोर हुनुको
रातको अँध्यारोमा उपस्थित सपना
कसले देखेको छ उसको मुहार
छरिनु / पोखिनुको अनेक कारणहरु छन्
जिन्दगीका
 कती गुनासाहरु /कती अशान्तिहरु
हरेक मोडमा आन्दोलन गरि रहन्छन ।

जीवन एक नाम

जीवन
एक नाम
अनुबन्धित सास
कवित्वपूर्ण दस्तखत
जागिर कारागारको
चक्रब्यु
प्रतिबादहरु
उल्लास

Thursday, March 27, 2014

क्या क्या बहाने हैं शब की तनहाईयों का

क्या क्या बहाने हैं शब की तनहाईयों का
हम खुश हैं पाकर साथ परछाईयों का ।

माहिर हैं वो बातों से बात बनाए और निकले
फिर भी जिक्र आ जाए उन तमाशाईयों का ।

Monday, March 24, 2014

पृथ्वीको पुनर्जन्म

समाचार या खबर
बेखबर छन किन
बिज्ञानले संसार जितेको दावा गर्दा
प्रकृति आन्दोलित हुन्छ र त
आकासमा उड्दा उड्दै सयौ अस्तित्व हराउछन
सागर सारा रहस्य निलेर निस्लोट भै िदन्छ ।

डाक्टरले अङग अङग काटेर जोड्दा
जिवनले सास लिन्छ
शक्तिको उन्मादमा उफ्रेर सिमा नाघ्दा
सिमानाका सैनिक सक्रिय हुन्छन
घमण्ड निस्तेज पार्छन ।

Saturday, March 22, 2014

मान्छे

मान्छे
नागरिक हुँदा
कर्तब्य बोक्छ काँधमा
घर र देशको
निस्कन्छ सपनाहरुको थाती सहित
मरभूमि सिच्न
मान्छे हुनुको दम्भको चित्र
उसको रुझेका आँखा
एउटा कहानी भन्छ ।

Monday, March 17, 2014

प्रेमको दिवस

कल्पनामा एक साँझ
समुन्द्रको शुष्क किनारै किनार
अनेकौ काव्यिक कारिगरी चट्टानहरुको
तरंगित पानीका निशानहरु
बालुवामा बन्दै मेटिदै मनका तस्विरहरुमा
पत्र पत्र चिमोटिएर छरिएका राता गुलाब

Wednesday, March 12, 2014

एक उम्र

कहानी
लम्हें /लम्हात
कोई  किताब
फिर सवालात
दिवारे /आंशियाँ
जज्बात / सौगात
सन्नाटे का आलम
बेवजह उदासीका सबब
हालात
नसीहतें
दहलिज
खामोश  चौखटें- आगन
ब्याकुल स्तुती

Thursday, March 6, 2014

हमने तो खुद को कभी खोया हैं कभी पाया हैं

हमने तो  खुद को कभी खोया हैं कभी पाया हैं
तुझको भी  होगा पता इश्क में क्या क्या गवाया है ।

मुद्दत हो गई तेरे खबर से बेखबर है  हम
फिर भी जब बात निकली है अपना बताया है ।

मानव आवरण

ए मानव !
कति आवरण सुम्सुमाई रहन्छौ ?
लेख न
पढन देउ दुनियालाई
कथा
कविता
गजल
यो धुवाँ कहाँबाट उठ्दै छ ।

Saturday, February 15, 2014

मेरा चिसा आँखाहरु

मेरा चिसा आँखाहरु
केहि पत्र सम्झनाहरु ओढेर
झ्याल बाहिर चियाँउछन

समुन्द्रको निलो पानीको क्यानभासमा
बतासले अनेक आकृति तयार पार्छ अनि मेट्छ ।

Thursday, February 13, 2014

प्रेम दिवस

कल्पनामा एक साँझ
समुन्द्रको शुष्क किनारै किनार
अनेकौ काव्यिक कारिगरी चट्टानहरुको
तरंगित पानीका निशानहरु

Wednesday, February 12, 2014

निगाहें नम सी होकर मुस्कुराती रही

निगाहें नम सी होकर मुस्कुराती रही
आज फिर न जाने क्या क्या याद आती रही ।

वो तस्विर जिंदगी कि अब भी अधुरी हैं
कभी बनाती उसीको कभी मिटाती रही ।

जिन्दगीको सच्चाई

शास्वत नियम
समुन्द्रमा पानी छ
नदि नहरमा पानी छ
स्वाद उस्तै
आँखाको आँसु
यहि जिन्दगीको सच्चाई ।

मानव बस्तीमा
सुर्यको किरणले
नज़रको रङ्ग बदली दिन्छ
सन्नाटालाई खलबलाई दिन्छ
जिन्दगीको पदचाप निरन्तर
कयौ अनुत्तरित प्रश्न
मनोदशा लेखेर झ्याल बाहिर हाम फाल्छन  ।

दायाराहरु

एउटा खुला चौराहामा म रुनु
एकान्तमा तिमी हाँस्नुको एकै अर्थ कसरी हुन् सक्छ
जिन्दगी खोज्न खाली खुट्टाले दौडेर भेट्टीन्छ र ?
बिस्वासहरु लघुता बोकेर हिडदैनन्

भित्तोको तस्विर

मेरो भित्तोमा झुण्डि रहेको तस्विर
भौतिकताबादलाई च्यातेर
मलाई गिज्याई रहन्छ ।

मेरो नजर
हरेक चित्रमा डुल्छ
पत्र पत्र छिचोल्दै
अनि पढछ नि:शब्द कोरिने
जिन्दगीले रुझेका कविताहरु ।

Friday, February 7, 2014

एक अपूर्ण चिनारी

मधुरो चिमको उज्यालोमा
एक युग हिडेको थकान पोख्छ जिन्दगी
केहि अपराधबोध
समयका प्रारूपहरु
एक अपूर्ण चिनारी
एक  पूर्ण  धरोहर
एक दिन यस्तो आउने छ
जहाँ उज्यालो ले रङ्ग फेर्न सक्नु पर्छ ।

यादका सिरेटाहरु

ऋतुहरु संगै रङ्ग फेर्न बाध्य
पहेला पातहरु
जब मेरो आँगन भरी छरिन्छ्न
एक नजर उठाएर हेर्छु
गुलमोहर रातै फुलेको

Thursday, February 6, 2014

"म तिमीलाई माया गर्छु "

निस्तब्धता लपेटिएको नज़र
नीरव मुस्कान
निशामुख या निशान्त
एक ज्योतीपुन्ज
निश्वास
निशब्द बोल्छ
"म तिमीलाई माया गर्छु "

यस्तो याद आओस ढुकढुकी बढाएर जाओस

यस्तो याद आओस ढुकढुकी बढाएर जाओस
दश बिस बर्ष यो उमेरको घटाएर जाओस ।

आफैलाई भुली जाउँ चर्चा चलोस गाउँ घरमा
यस्ता उस्ता दुई चार आरोप लगाएर जाओस  ।

Wednesday, February 5, 2014

इल्तजा कभी,कभी इबादत करूँ

इल्तजा कभी,कभी इबादत करूँ
फुर्सद में खुद से शिकायत करूँ ।

रफ्ता रफ्ता दोस्ती दिल की खलिस से
फिर भी यूं जिन्दगी की चाहत करूँ ।

प्रिय भ्यालेनटाइन ,

चिसो कठ्याँग्रिएको साँझ
एकनास काँप्दै गरेका अधर
दोधारमा परेको मन
सपनाको यथार्थ अंगालेर
नयन उठछन्
तिम्रा नजर जवाफ खोज्दै थिएँ
मेरो मुहार पुस्तिकामा ।

रङ्गिन नम्बरहरु

फेरी अस्पतालको उही कुना
उस्तै निस्तब्धता
कयौ असाहय जिन्दगी
अझै केहि पलको युद्धमा संघर्षरत
समय शिथिल खिसिक्क हाँस्दो छ
आफ्नो सफल असफलतामा
म यी अत्याधुनिक जीवनदान दिने मेसिनहरु
मेरो मन्दिरको भगवान भन्दा महान देख्छु ।

Saturday, February 1, 2014

सन्नाटाहरुको आवाज

शब्द
जहाँ जहाँ थाकेका छन
त्यहाँ त्यहाँ
लेख्नु छ

Tuesday, January 28, 2014

नीला आँखा

निला आँखा (कथा )
-        निर्मला खड्का
सानै देखि उपन्यास ,कथा र कबिताका किताबहरु पढ्ने बानी रह्यो ।


नीला आँखा हुने मान्छेहरु धोकेवाज हुने र उनीहरुको भर पर्न नहुने भनेर त्यसबेला पढिएका कथाहरुमा पढेको सम्झना आउँछ | जीवन यहाँसम्म आइपुग्दा हजारौ कथा पढियो होला । कतिले मन छोएर गएका छन् भने कयौंले अमिट छाप छोड्न सफल भएकाछन,मस्तिष्कमा । त्यो नीलो आँखायुक्त पात्र भएको कथाको बस्तुस्थिती मैले बिर्से तर निला आँखा भएका मान्छे बिस्वासका पात्र हुँदैनन्  भन्ने कुरा चै काँडाले चिथारेर लागेको चोटको नमेटिने गरी बसेको दाग झैँ बसेको छ मेरो मानसपटलमा । उसो र हाम्रा घाउँ घरमा नीला आँखा भएका मान्छे भेट्नु नै कहाँ काला र खैरा बाहेक देख्न पा’हैन । तर जिन्दगीका उतार चढाव संगै पैठेजोरी खेल्दै हिड्दा घरदेश छोडी परदेश पुगियो । अब भने निला ,काला,खैरा अनि हरिया आँखा प्रसस्त देख्न पाइन थालियो । परदेशको बसाईं संगसंगै भएका विभिन्न आँखासंगको झम्काभेट,परिचयमित्रता संगै सम्बन्ध प्रगाढ हुदै जानु कुनै नौलो भएन

मात्र मेरो सोच

हामी माझ
तिम्रो या मेरो
मात्र मेरो सोच
एक एक पाईला अघि बढ्छ /बढाउछ
हामी उही फेरी समयसंगै

Friday, January 17, 2014

एउटा नौलो भाषा छ

म संग 
एउटा नौलो भाषा छ 
जुन मान्छेहरु 
निदमा,ब्युँझिदा,हिड्दा 
नारा लगाउछन 
तर 
चुपचाप ।

Wednesday, January 15, 2014

दृश्यहरु

म उभ्भिएको ठाउँबाट देखिने
मटमैलो गगनको एक टुक्रा
हल्का निलो रङ्ग को धर्ति
पर पर पुग्दा अझै गहिरो रङ्ग
जिन्दगीको पुरै अर्थ दिन सक्छन /
दिने सामर्थ्य राख्छन यी दृश्यहरु ।

यी निला रङ्गहरु आफु भित्र
कस्ता कस्ता रहस्य राख्दा हुन्
यसको अन्दाज कसलाई होला ?
जहाँ जिन्दगीको कुनै नाम छैन
आँगन छैन ,घर छैन , न कुनै भित्ताहरु नै छन  ।

Friday, January 3, 2014

इस दिल में दफ्न कुछ रुस्वाईयाँ आज भी है

इस दिल में  दफ्न कुछ रुस्वाईयाँ आज भी है
इश्क में हो जाउ फ़ना तैयारियाँ आज भी है ।

बदल गई है राहें और कहानी उल्फत की भी
उन गलियों में मेरी बदनामियाँ आज भी है ।

दिवार गजब लाग्छ

दिल दिल माझ छन् दिवार गजब लाग्छ 
देख्न सुन्न दर्शन विचार गजब लाग्छ । 

हर रात मलाई मेरै परिचय दिन्छौ 
याद तिम्रो सबै उपहार गजब लाग्छ ।

Monday, December 30, 2013

मेरा झुठ

इक हादासा
मेरे झुठ का
कितने खामोश थे हम
जब हमने तुमसे झुठ बोला था
तेरी खुशी इसी मे है
मेरे दिल कहा  फिर ....

Tuesday, December 24, 2013

भन्छन यहाँ प्रचार हुनु पर्छ

भन्छन यहाँ प्रचार हुनु पर्छ
पत्रकार या सरकार हुनु पर्छ ।

मरेर जाँदा के भारी लान्छौ ए साथी
लासको  एक हकदार हुनु  पर्छ ।

Saturday, December 21, 2013

हर सासमा उस्को प्रेम सुगन्ध सामिल छ

हर सासमा उस्को प्रेम सुगन्ध सामिल छ
न मेरो समय न जिन्दगी न साथ दिल छ ।

के अर्थ छ र  सर्वगुण सम्पन्न हुनुको
जूनमा दाग छ र त बयान ए काबिल छ ।

Thursday, December 12, 2013

म प्रेममा छु सदैव

ती नजरको साहारामा देखेका
सपनाहरु डर लाग्दा कतई थिएनन्
रङ्गहरुमा रङ्ग भिजेर पोतिएको
कुनै पोख्त चित्रकारको क्यानभासमा रहेको
बहुमुल्य चित्र झैँ
ती सपनाहरुको रातलाई थामेर राख्न सकिएन
हो यस्तै गुनासाहरु लिएर उभिन्छ मेरो मन मेरो सामु
फेरी
ती रातमा लुथ्रुक्क रुझेको मेरो आँचलमा
कसैले शितको सुगन्ध खोजे
कसैले जुनको उज्यालो छामे
तर त्यो तिम्रो प्रितले रुझेको मृदु अनि स्निग्ध
मुस्कानमा मेरो तृप्ति प्रष्ट छ अझै ।

Friday, November 29, 2013

ढुङ्गामा कसी

पुरा 
कोई सम्झौतामा 
कोई बर्बादीमा 

उ संघर्समै रमाउँछ 
म अस्तित्व बुझ्नमा 

Tuesday, November 26, 2013

किन यो सुनसान मध्य रात जल्दै छ त ?"

गहिरो मौनता
हामी दुवै बीच पसारिएको छ ।
न ऊ बोल्छ
न म बोल्न सक्छु
कती रहर अल्मलिए यस्तै
कति उमंग ओईलिए फेरी

यादको ताप

चिसो यो रातमा
अतीतको सम्झना
वर्तामानको संघर्ष
भविष्यको अन्यौलता
मिश्रित ताप दिन्छ ।

Sunday, November 17, 2013

साहित्यको 'कमेडी' - राजकुमार बानियाँ

दसैंछेक लखपति भएकै हुन्, राजन मुकारुङ । त्यसको एक महिना नबित्दै फूलको थुँगाजस्तै भइसकेछन् । 'दमिनी भीर' उपन्यासमा मदन पुरस्कारस्वरूप थापेको नगद दुई लाख जमघट, चाडबाड र घुमघाममा सकिएछ ।
त्यसो त 'हेत्छाकुप्पा' उपन्यासका लागि केही वर्षअगावै दुई लाख पाँच हजारको थैली बुझिसकेका रहेछन् उनले । फरक के भने, त्यतिबेला उनको फुर्मासी स्वभाव चिनेका शुभेच्छुकले बैंक ब्यालेन्स गरिदिएछन् र त्यो धनराशि उनले विदेश जानेलाई दिएछन् । एक-डेढ वर्षपछि फिर्ता लिएछन् ।
झन्डै १२ वर्ष कुनै सरकारी, गैरसरकारी कम्पनीको तलब नथापेका यी युवा लेखकलाई पुरस्कारको रकम उस्तो भारी लाग्दैन । बरु त्यसले समाजमा पार्ने प्रभाव अनि बजारमा पाठकको खोजी महत्त्वपूर्ण लाग्छ ।

उदाश नजर धुवाँ धुवाँ छन

उदाश नजर धुवाँ धुवाँ छन
मनका रहर धुवाँ धुवाँ छन्   ।

गगनभरी छ बारुदको मुस्लो
हरेक शहर धुवाँ धुवाँ छन  ।

Sunday, November 10, 2013

गोरेटो मुस्कान

छातीभरी 
अन्जान पईतालाका डोबहरू 
पिल्सिदै दिर्घ घाउँ दुखि रहन्छ /रहने छ 
असिमित पीडाहरु मै 
गोरेटो मुस्काई रहन्छ 
एक जीवन्त मुस्कान 
यात्रीहरुलाई गन्तब्य भेटाएर  ।

Friday, November 8, 2013

भोटको हङ्गामा

फगत कती गर्नु यहाँ भोट को हंगामा
उनै नेता उनकै पुराना खोटको हंगामा ।

यो रित हो बर्षौ देखि चली रहेको छ यहाँ
निरन्तर रहन्छ धोका चोटको हंगामा ।

सारा पिर छोडी

सारा पिर छोडी शान्तीको सुमधुर गीत गाऔं आज
सबै जात धर्म ,रितिथिती एकै अंगालोमा बाँधौं आज
न लिएर आयौ केहि न लानु छ केहि ,के छ तेरो मेरो ?
आउ सबै  मिलेर आशा को एक दीप जलाऔं आज  ।

तिहार २०७० 

म एक मरेको मान्छे

अभिष्टता यथावत
अभ्यावेदन
म अमल
अनगन्ती छालहरुले तरंगित
अचेतन मन अभियोग बर्बराई रहन्छ
म एक मरेको मान्छे ।

Friday, November 1, 2013

हार निश्चित,सल्लाह बढ्दै थियो

हार निश्चित,सल्लाह बढ्दै थियो
दिलमा अनौठो उत्साह बढ्दै थियो

जब मृत्यु सबै भन्दा करिब आयो
तब जिन्दगी को चाह बढ्दै थियो  ।

Monday, October 28, 2013

समयको कक्टेल निद

अपूर्व /दिब्य एक चित्र
मन देखि मस्तिष्क सम्म बोकेर
भगवानको नाममा मानव मानवता बाँच्छ
प्रकृती पनि त केहि परिवर्तन चाहन्छे
बदल्दै स्वरूपहरू
बजारमा कक्टेल निदको ब्यापार बढ्दो छ  ।

जिउँदो आभाष

एउटा कोठा
जहाँ नाँच्दैछ सियासत स्वतन्त्र
सत्ताधारीको इशारामा ।

पश्चिमको घनस्या टेक्दा पाईतालाहरु फुट्दैन
पूर्वको ओखाल्ढुङ्गा मुसुक्क मुस्काउँछ गरिबीमा
उत्तरको मुस्ताङ्गलाई कालज्वरोले छोपेको छ
दक्षिणलाई आफ्नै स्वाभिमान बिझाँउदा
संसद भवनमा मधुर धुन सिक्काको गुन्जिन्छ ।

हाम्रो सपना फुल्ने सहर त्यो समुन्द्र पारी छ

हाम्रो सपना फुल्ने सहर त्यो समुन्द्र पारी छ
त्यसैले त त्यहाँ पुग्न सबैलाई मारीमारी छ ।

उ गाउँ छोडी सहर पस्छ फेरी देश छोड्छ
यो मौका हो उपयोग गर्नु मै समझदारी छ ।

Monday, October 21, 2013

अँध्यारो र सपनामा

निपष्ट अँध्यारोले
सपना देख्छ उज्यालोमा
सपना रंगीन
बिपना उजाड
अब म एउटै काम गर्छु
सपनाहरुको सबै रङ्ग चोरेर

भित्तोको तस्विर र म

भित्तोको तस्विर र म
एक अर्कालाई नजरको सूक्ष्मताले नियाँल्छौ
उ मुस्काउछे मलाई हेर्दै
म रातो पिरो हुन्छु रिसले

Tuesday, October 15, 2013

धुवाँ जिन्दगी (अकविता )

लामो सर्को सिगरेट को
धुवाँ कोठाको बयुमंडल भरी
कशमकश मन मस्तिष्क
भित्र भित्रै अनौठो सकस
अतीत.बर्तमान र भविष्य
हिजो आज र भोली
पढाई संघर्स
संघर्ष जागीर
जागीर कमाई
कमाई अपुग
चाहना फैलिन्छ

फेरी आयो रात उही

फेरी आयो  रात उही
सम्झाउदै  बात उही

खोज्छ मन सपनीमा
न्यानो  स्पर्श  हात उही

इक उल्झन बनि है

बातें चली इस तरह आँखों मे  आई नमी है
हर तरफ लगाता कोई अजिब सी कमि है
 शिकायत करु किससे और क्या कबुल करु
जिन्दगी अपने आप मे इक उल्झन बनि है  ।

जलना काम है शमा का हर रात जलती है

जलना काम है शमा का हर रात जलती है
ख्वाहिशों कि शाम वैसे हि हर दिन ढलती है ।

चाँद को छुने की हिमाकत न पाल ए दिन
उसकी चाह मे सितारें भी हाथ मलती है ।

सेवा नै धर्म हो ।

एउटा कथा
चक्के कुर्चिमा बसेर भन्छ
मलाई मधुरो बिहान र ब्यस्ततामा अभ्यस्त सहर हेर्न छ
म न्वरानको बल निकालेर तम्सिन्छु

आजको पाना

आजको पाना
केहि त्यान्द्रा शब्दका सिधा बङ्गा धर्साहरु
मनका भावनाहरु
उकुस मुकुस संगै आफै संगको वार्तालाप
यो पागलपन हो त ?
आफै माथि आफनै मनको आक्रोस
म सिती  मिती रुन्न
मनको आरोपमा
यहाँ महान को छ ?

सेप्टेम्बर 25 (अकविता )

फकिर या मुसाफिर
बिस्तारै बिस्तारै
समय संगसंगै पाईला बढाउदै
एक मुठ्ठी सपना
थोरै फराकिलो सोच

तस्विर हृदयमा थियो

बहाना अनेक उसको तस्विर हृदयमा थियो
बयान -ए-प्रेम त्यो नजरको तड़पमा थियो ।

गर्नै सकिन जाहेर-ए-प्रेम उसको सामु भन्थ्यो
त्यसैले त्यो प्रीतको सुवास गजलको हरफमा थियो ।

आजकल

यसरी सहरको नियम तोड्याछन आजकल
यारहरु सराब  पिउन  छोड्याछन आजकल ।

खै कहाँ के कमि भयो मेरो दोस्तीमा हिजो आज
र त सुटुक्क अन्तै पाईला मोड्याछन आजकल  ।

याद आयो आज

याद आयो आज उनको रात लम्ब्याई गयो फेरी
सम्झी दिदा तिनै दिन मन जलाई गयो फेरी

बन्द थिए पानाहरु,किताब भित्र अतितको
आयो झोका बतासको पाना पल्टाई गयो फेरी

सम्भव छैन ?

के अब यो माटोमा सुधार सम्भव छैन ?
कलंक रहित एक मुहार सम्भव छैन ।

स्वाभिमानी बन,हतियार बोकी ए नेपाली
अमन चैनमा हार गुहार सम्भव छैन ।

सबै फकिर देखिन्छन ।

यो सहर हो त्यसैले त सबै फकिर देखिन्छन ।
क्वै चिनेजानेका कयौ अपरिचित भेटिन्छन ।

हर कोई तल्लिन केहि न केहि गर्न मै तर
खै के के गर्छन भुलै भुलमा भुल थपिन्छन ।

दशैंको सेल बजारमा जिन्दगी

एका बिहानै
तरंगहरु  फैलिन्छ मन भरी
घरको अगाडी दुर्गा स्थापना गर्यौ त ?
शरदको बदलिदो मौसम संगै
झिसमिसे बिहानीको मन्द चिसोमा
मेरो मन दुर्गा दर्शन गर्न आएको छ ।

Monday, October 7, 2013

सफर सफर है

मोहब्बत बेपनाह
तस्वीर निगाहों में
थरथराती लबें
संगीत धड्कनों  की
बेफिक्र सासें
न सलिका ना कायदा
कुछ नदानियाँ करे वक्त
और खयालों में
कभी  किसी के संग
कभी किसी के बिना
सफर सफर है चलता हि रहता है
निरन्तर ।

शब्द घेराबन्दी

घेराबन्दि बाँच्दै  छन शब्दहरु
मानवीय अदालतमा
निस्ससिदै
एक संक्षिप्त जिन्दगी  ।

Saturday, September 28, 2013

यादहरु

एकान्तको मन्त्र मुग्ध संगीत
दुर दुर सम्म फैलिएको मौनता गगनको
हलुङ्गा छालहरु समुन्द्रको छातीमा
सारा दृश्यको साक्षी बतास
बयली खेल्दै मलाई छुन आउँछ
तिम्रा यादहरु लिएर  ।

Friday, September 27, 2013

फूलको अद्भूत बयान

फूलको अद्भुत बयान त मेरी सानी छोरी गर्छे
मलाई डाको छाडेर रुन आउछ 
उनको अबोधतामा 
म माकुराको जालो बुनाईले प्रभावित हुन सकिन तर 
मेरो अवस्थामा 
उस्को जिवन शैलीको प्रभाव देखिन थालेको छ ।

निर ओ नीर

निर ओ नीर
रङ्ग आँसु या पानी 
ए जिन्दगानी ।

Saturday, September 21, 2013

जिन्दगी अब भी सज़ा दे

जिन्दगी  अब भी सज़ा दे कुछ इस तरह
खुली आँखों में सुला दे कुछ इस तरह ।

वक्त छुट गई राहवर आगे निकल चुके
माज़ी आज भी वफा दे कुछ इस तरह  ।

Friday, September 20, 2013

सोच

हिजो देखि भित्रभित्रै उकुस मुकुस भै रहेको थियो त्यसैले मन शान्त होस  भनेर नै  सुनसान सडक एक्लै नाप्न निस्कन्छु । समुन्द्री सिरेटोले यो तनलाई शितल त गराउदै छ तर म भित्रको ज्वालालाई अझै उग्र पनि बनाउदै छ । म जती जती सोच्दिन भन्दछु त्यहि नै ती छविहरु मन मस्तिष्कमा फैलिदो छ । उ म संग भएर पनि छैन र नहुनु को अर्थमा म उसलाई मेरो जिन्दगीमा सामिल गर्दिन पनि हैंन । थाहा छैन कहाँ छ त्यो संसार जुन मेरो सोच भित्र छ । छ कि छैन ?। यस्तै यस्तै अन्यौलको यो यात्री सधै एक रुमानी कल्पनामै जीवन खोज्दै भौतारिन्छ । म साँच्चै नै मानसिक रोगी हु त ? यस्ता प्रश्न पनि नउठेका हैनन् यो दिमागमा । जवाब कसले दिने मलाई ? डाक्टर भन्दा अर्को को हुन् सक्छ र यो सम्झाउने मलाई त्यसैले क्लिनिकको ढोका पनि ढकढकाउन पुगे । तर त्यो मेरो सन्तुष्टि हुन् सकेन । मेरा सारा रिपोर्टहरु नर्मल देखिए । यदि म नर्मल हुन्थे भने यो तड़प किन छ म भित्र ? के चाहन्छु म ? यो असन्तुष्टी के र कसका लागी हो ? साथी , नाम , दाम,काम , घर परिवार , आफन्त ? कदापी हैन  । अनौठो आवाज संगै समुन्द्री छाल मलाई मेरो सोचका तरंगबाट ब्युँताउन सफल हुन्छ । एकछिनको टोलाई पछी फेरी उही सोचका गर्तहरुमा डुबुल्की खेल्न पुग्छ मेरो अनियन्त्रित सोच ।

अपरिचय

"धेरै पो भै सक्यो त है हाम्रो भेट न भएको पनि " एक्लै घोत्लिएर यसरी बर्बराउनु बाहेक के नै उपाय भो र ?
मलाई साह्रै चित्त बुझ्न छाडेको छ अचेल यो अनिलो समयसंग । आफैसंग झन्नक हुन्छ र उठ्छु अनि व्यस्त हुन्छु साथी संगीसंग फोन वार्तामा । बेचेको समयबाट आफ्नो लागी समय निकाल्न धौ धौ नै परेको अवस्था भोग्दै पो हामी परदेशमा ।
"हेर न अती दिक्क लागि सक्यो । अर्को हप्ता त हामी जसरि भेट्न पर्छ है ।

समयको वर्तमान प्रयोगशाला

म भित्र नजानिँदो गरि पार्श्व कम्पन शुरु हुन्छ
लामो दुरी तय गर्नको लागी कुनै अदृश्य शक्ती थपिए झैँ
जिन्दगी र समयले आफ्नो ब्यबस्था /अर्थ सुदृढ पार्न मलाई प्रयोगमा ल्याउँन चाहन्छ
म त्यहि शक्ती द्धारा परिचालित हुन्छु बिस्तारै  ।

Wednesday, August 21, 2013

चर्चा परिचर्चा

चर्चा परिचर्चा
समय साङ्गला स्वत: वरिपरी बेरिन्छ
म समयको कैदी
हराएछु कतै
कती बर्ष बिते /बित्दै छन यहि चर्चामा
म मरेर बाँचे /बाँचेर मरे ।

Saturday, August 17, 2013

आमुल परिवर्तन

रहर मौलाउछ मनको आँगन भरि
आफैलाई चिनाउनु जो छ
यो युग पढ्न युगको सन्तान जिउँदो चाहिन्छ
यहाँ  लासहरु अक्षर बुझ्दैनन

इतनी बेढंग ये जिंदगी क्यू हैं

इतनी बेढंग ये  जिन्दगी क्यू  हैं
आज भी अजनबी अजनबी क्यू है ।

दुनियाँ की  चाहत तमन्ना है चाँद
फिर भी उदास उदास चाँदनी क्यू है  ।

Tuesday, July 30, 2013

मिलेंगे खिलाडी भी बहुत

मिलेंगे  खिलाडी भी बहुत और बहुत शातिर यहाँ
जो भी पा लो किसी तरह,जावोगें छोडकर आखिर यहाँ  l

कितने बहाने बना लो सच छुपाया नही जा सकता
किसी तरह कभी ना कभी हो ही जाएगा जाहिर यहाँ  l

Thursday, July 11, 2013

म एक्लो छैन पलहरु संगै

पलहरु सम्हालु या हलहरु खोजु ?
बसन्त अनि बर्षा ऋतुहरु आउछन जान्छन
सुकेका खैरा पातहरु भुईभरि छर्दै उपहार हरिया मुना दिएर
बर्षाले उमंग सिचेर रङ्गीन बनाउदै गर्छ
जिन्दगी कती असहज लाग्छ

Friday, July 5, 2013

चाह

गहिरो कालो रङ्गको आँचल ओढेर
मन्द मन्द मुस्काउदै गरेको रात
अलमल्ल जुन
छरपष्ट पोखिएको जुनेली संगै
तप्किने शितका प्रत्येक बूँदहरु
मनको चिता सल्काउन काफी छन

Monday, June 17, 2013

कबिता जिंदगी

सामने आईना
आईने मे इक अक्स
मै या कोई और  ?
किसी कि क्यानभास की चित्र
कई बेरङ्ग रङ्गो का मिश्रण
इन्द्रधनुस कहलाता है जीवन
फिजाओँ में चमकता हैं सुन्हरा रङ्ग

Friday, June 14, 2013

अन्जान हैन चिनाजानी मै खतरा अब !

अन्जान हैन चिनजानी मै खतरा छ अब
मित्रले गर्ने  वफादारी मै खतरा छ अब  ।

घातको नियम आउँ सिकौ भन्छ मेरो साथी
कयौं निती मान्ने यो दोस्ती मै खतरा छ  अब ।

Friday, May 31, 2013

हर तरफ ये दौर ए शिकायत खुब हैं

हर तरफ ये दौर ए शिकायत खूब हैं
मेरी सासों पे उसकी सियासत खूब है ।

सम्भाल के रखा जिसे  हमने अब तक 
आज वोही दिल उसकी अमानत खूब है । 

Tuesday, May 21, 2013

खै भूल गरे या प्यार गरे


खै भूल गरे या प्यार गरे
तर जे गरे बर्बाद गरे ।

धेरै हैन हिजो र आजमा
बदलाव छ अन्दाज गरे ।

Sunday, May 19, 2013

प्रकृति र बिज्ञान


म भ्रुण गर्भाशयमै हुर्केको
न कि कुनै प्रयोगशालाको टेस्टट्युबमा
म खुला आकाशमा सास फेर्छु
उसलाई बन्ध कोठामा सुगन्धित अक्सिजन चाहिन्छ
धुलो उडेको धर्ती चुम्दा मैले प्रकृतिको सुबास पाउँछु
तर
जिन्दगी को अर्थ म के मा खोजूँ /खोज्नु ?
दुई खुट्टा मा या चार,छ आठ चक्कामा
म ज्ञान के बाट लिउँ/लिनु  ?

आलीस मिलर


    कहिले कतै  यसो पत्र-पत्रिका या सामाजिक संजाल भनौ या जही होस् नजर डुलाई रहदा केहि यस्ता हस्तीहरु बारे पढ्न, जान्न या उनीहरुको जीवन बारे बुझ्न पाईन्छ जसले जीवनलाई एउटा गतिलो प्रेरणा दिदै मन भित्र एक किसिमको अनौठो आत्मिक सन्तुष्टि दिएर जान्छ । हरेक जीवनको आ-आफ्नो चाह ,उद्देश्य अनि लक्ष हुन्छन/छन्  । कती आफ्नो बाटोमा  हतोत्साहित भएर अन्तै  पाईला मोडछन भने कती रोकिन्छन ,कती ठोकिन्छन लड्छन उठछन अनि  आफ्नो लक्षमा पुग्छन ट कतीले लक्ष चुमे पछी उद्देश्य नै भुल्छन ,कयौं बिद्रोही बन्छन भने कोई संघर्समै रमाउँछन । हामीमा केहि पाएनौ ,देश नेताले बिगारे ,देश बेच्चियो ,भारतीय हाम्रा दुश्मन हुन्  हाम्रा लागी कसैले केहि गरि दिएन भन्ने गजबका चिन्तन अनि असन्तुष्टि आज छरपष्ट देखिन्छ/छ । हामी आफ्नै परिवार ,बाबु आमा ,दाजु भाई ,दिदिबहिनीहरुमै त सन्तुष्ट छैनौ देशको  र  नेताको कुरा त अलि पर नै पो त ।
जीवन सन्तुष्टि र असन्तुष्टि बीचको झेलाई,भोगाई त रहेछ जसलाई आफैले संचालन/नियन्त्रण गर्ने  ।  केहि हुनु र नहुनुको गुनासो जती सबै केहि दिनका उधारो हिसाब न हुन्  एकदिन नियतीको बहीखातामा बुझाउन अनि अर्को यात्रा शुरु गर्न बहाना  । तर संसारमा यस्ता उदाहरण प्रसस्त छन जहाँ एकता एक्लो व्यक्तिको दृढ चाह र आँटले इतिहास लेखेको छ ।
यो सबै लेखेर यहाँ "हाई" आउने बनाउनुको पछी मैले पढेको एक युवतीको जीवनी (छोटकरीमा ) हो ।  इजराइलमा गएको  हप्ताको  (१०/५/२०१३ ) साप्ताहिक पत्रिका "7 Days (7यामिम)  नामक पत्रिकामा नजर गयो । एउटी युवतीको तस्विर जुन पहिलो पेजमा नै थियो ले अनयासै तान्यो अनि पन्ना पल्टाउदै जाँदा उनको बारेमा लेखिएको लामो स्तम्भ नै थियो "खुला आकाश " को शिर्षक सहित । खै किन हो त्यसै कौतुहलता जाग्यो उनि बारे जान्न अनि पत्रिकामा घोत्लिदै गए साथै छेउछाउ बसेका इज्राईलीहरुसंगको सोधाई बाट जती जान्दै गएँ  उनको बारेमा लेखिएका एक एक शब्दहरुले  मन मस्तिष्कमा एउटा छाप बनाउदै गयो जुन मरणोपरान्त मात्र मेटिनेछ ।

Sunday, May 12, 2013

अश्क क्युँ युँ ही आँखो से बहाने लगे


अश्क क्युँ यूँ ही आँखो से बहाने लगे
किस्से अब फिर  गैरों को बताने  लगे  ।

गर्दिशो में होते है चाँद सितारे भी
गर वो भी अपनी कहानी सुनाने लगे ।

एकै तीर बाँकि निशाना धेरै छन


एक तीर बाँकी निशाना  धेरै छन
शिकार हुनु नहुनु बहाना धेरै छन ।

इरादा,संयमता सधै बोकी हिड्नु  
औंला ठड्याउन  दीवाना धेरै छन  ।

Monday, May 6, 2013

अमृत भनि जहर बाँडिनेछ यहाँ


पिउन भनि रगत बाँडिनेछ यहाँ
हरे  कस्तो इतिहास कोरिनेछ यहाँ  ।

पक्का हो यो समय कलियुग बाँच्दै छ
अन्याय गर्दै धर्म ग्रन्थ पढिनेछ यहाँ  ।

सधै बहाना अनि आनाकानी हजुरको


सधै  बहाना अनि आनाकानी हजुरको
हुन्छन् कयौ गल्ती जानाजानी हजुरको ।

हैन बजार, फेरी कस्तो भिड हो यहाँ
किनबेच झैँ चल्छ  तानातानी हजुरको ।

Sunday, May 5, 2013

सुगन्ध लिई बतास चलेको छ बुझ !


सुगन्ध लिई बतास चलेको छ फेरी
चुम्दा उसैले उस्तै तन गलेको छ फेरी  ।

हेर देखिदैछ  कालो बादल आकाशमा
नराम्ररी बस्ती कतै जलेको छ फेरी  ।

तिमीलाई उज्यालो बिहानीको कामना !!


शब्द
केहि यादहरु
ती पल जहाँ खुशी मात्र थियो
त्यो जुनेलीका अनिदा चिसा रातहरु
सिरेटोको आभासले ओठहरु निला भएनन्

Thursday, May 2, 2013

जती दुर छन उती धेरै समिप छन कोई कोई


जती दुर दुर छन उती समिप छन कोई कोई
यादमै हुन्छन् तर  अपरिचित छन कोई कोई  ।

कसैले सम्झेको छ खबर आउँदैन  यहाँ
भनिदिनु यो जिन्दगीमा अमिट छन कोई कोई  ।