Tuesday, October 9, 2012

प्रेममा यो ज्यान भिकारी सधै


प्रेममा  यो ज्यान भिकारी सधै
समर्पणकै गर्छ तयारी सधै   !

ए दिल बिस्तारै धड्किन सिक
मुटु कमजोरीको बिमारी सधै  !

प्रतिक्षामा छन नज़र प्यासी
हजुरको अन्तै सवारी सधै   !

छोड भो बहाना यो लगावको
साईनो देखिने बजारी सधै   !

दुइ कदम  साथै  हिड  बरु
हृदय रहने छ आभारी सधै !


निर्मला खड्का

No comments:

Post a Comment