Monday, October 28, 2013

समयको कक्टेल निद

अपूर्व /दिब्य एक चित्र
मन देखि मस्तिष्क सम्म बोकेर
भगवानको नाममा मानव मानवता बाँच्छ
प्रकृती पनि त केहि परिवर्तन चाहन्छे
बदल्दै स्वरूपहरू
बजारमा कक्टेल निदको ब्यापार बढ्दो छ  ।

जिउँदो आभाष

एउटा कोठा
जहाँ नाँच्दैछ सियासत स्वतन्त्र
सत्ताधारीको इशारामा ।

पश्चिमको घनस्या टेक्दा पाईतालाहरु फुट्दैन
पूर्वको ओखाल्ढुङ्गा मुसुक्क मुस्काउँछ गरिबीमा
उत्तरको मुस्ताङ्गलाई कालज्वरोले छोपेको छ
दक्षिणलाई आफ्नै स्वाभिमान बिझाँउदा
संसद भवनमा मधुर धुन सिक्काको गुन्जिन्छ ।

हाम्रो सपना फुल्ने सहर त्यो समुन्द्र पारी छ

हाम्रो सपना फुल्ने सहर त्यो समुन्द्र पारी छ
त्यसैले त त्यहाँ पुग्न सबैलाई मारीमारी छ ।

उ गाउँ छोडी सहर पस्छ फेरी देश छोड्छ
यो मौका हो उपयोग गर्नु मै समझदारी छ ।

Monday, October 21, 2013

अँध्यारो र सपनामा

निपष्ट अँध्यारोले
सपना देख्छ उज्यालोमा
सपना रंगीन
बिपना उजाड
अब म एउटै काम गर्छु
सपनाहरुको सबै रङ्ग चोरेर

भित्तोको तस्विर र म

भित्तोको तस्विर र म
एक अर्कालाई नजरको सूक्ष्मताले नियाँल्छौ
उ मुस्काउछे मलाई हेर्दै
म रातो पिरो हुन्छु रिसले

Tuesday, October 15, 2013

धुवाँ जिन्दगी (अकविता )

लामो सर्को सिगरेट को
धुवाँ कोठाको बयुमंडल भरी
कशमकश मन मस्तिष्क
भित्र भित्रै अनौठो सकस
अतीत.बर्तमान र भविष्य
हिजो आज र भोली
पढाई संघर्स
संघर्ष जागीर
जागीर कमाई
कमाई अपुग
चाहना फैलिन्छ

फेरी आयो रात उही

फेरी आयो  रात उही
सम्झाउदै  बात उही

खोज्छ मन सपनीमा
न्यानो  स्पर्श  हात उही

इक उल्झन बनि है

बातें चली इस तरह आँखों मे  आई नमी है
हर तरफ लगाता कोई अजिब सी कमि है
 शिकायत करु किससे और क्या कबुल करु
जिन्दगी अपने आप मे इक उल्झन बनि है  ।

जलना काम है शमा का हर रात जलती है

जलना काम है शमा का हर रात जलती है
ख्वाहिशों कि शाम वैसे हि हर दिन ढलती है ।

चाँद को छुने की हिमाकत न पाल ए दिन
उसकी चाह मे सितारें भी हाथ मलती है ।

सेवा नै धर्म हो ।

एउटा कथा
चक्के कुर्चिमा बसेर भन्छ
मलाई मधुरो बिहान र ब्यस्ततामा अभ्यस्त सहर हेर्न छ
म न्वरानको बल निकालेर तम्सिन्छु

आजको पाना

आजको पाना
केहि त्यान्द्रा शब्दका सिधा बङ्गा धर्साहरु
मनका भावनाहरु
उकुस मुकुस संगै आफै संगको वार्तालाप
यो पागलपन हो त ?
आफै माथि आफनै मनको आक्रोस
म सिती  मिती रुन्न
मनको आरोपमा
यहाँ महान को छ ?

सेप्टेम्बर 25 (अकविता )

फकिर या मुसाफिर
बिस्तारै बिस्तारै
समय संगसंगै पाईला बढाउदै
एक मुठ्ठी सपना
थोरै फराकिलो सोच

तस्विर हृदयमा थियो

बहाना अनेक उसको तस्विर हृदयमा थियो
बयान -ए-प्रेम त्यो नजरको तड़पमा थियो ।

गर्नै सकिन जाहेर-ए-प्रेम उसको सामु भन्थ्यो
त्यसैले त्यो प्रीतको सुवास गजलको हरफमा थियो ।

आजकल

यसरी सहरको नियम तोड्याछन आजकल
यारहरु सराब  पिउन  छोड्याछन आजकल ।

खै कहाँ के कमि भयो मेरो दोस्तीमा हिजो आज
र त सुटुक्क अन्तै पाईला मोड्याछन आजकल  ।

याद आयो आज

याद आयो आज उनको रात लम्ब्याई गयो फेरी
सम्झी दिदा तिनै दिन मन जलाई गयो फेरी

बन्द थिए पानाहरु,किताब भित्र अतितको
आयो झोका बतासको पाना पल्टाई गयो फेरी

सम्भव छैन ?

के अब यो माटोमा सुधार सम्भव छैन ?
कलंक रहित एक मुहार सम्भव छैन ।

स्वाभिमानी बन,हतियार बोकी ए नेपाली
अमन चैनमा हार गुहार सम्भव छैन ।

सबै फकिर देखिन्छन ।

यो सहर हो त्यसैले त सबै फकिर देखिन्छन ।
क्वै चिनेजानेका कयौ अपरिचित भेटिन्छन ।

हर कोई तल्लिन केहि न केहि गर्न मै तर
खै के के गर्छन भुलै भुलमा भुल थपिन्छन ।

दशैंको सेल बजारमा जिन्दगी

एका बिहानै
तरंगहरु  फैलिन्छ मन भरी
घरको अगाडी दुर्गा स्थापना गर्यौ त ?
शरदको बदलिदो मौसम संगै
झिसमिसे बिहानीको मन्द चिसोमा
मेरो मन दुर्गा दर्शन गर्न आएको छ ।

Monday, October 7, 2013

सफर सफर है

मोहब्बत बेपनाह
तस्वीर निगाहों में
थरथराती लबें
संगीत धड्कनों  की
बेफिक्र सासें
न सलिका ना कायदा
कुछ नदानियाँ करे वक्त
और खयालों में
कभी  किसी के संग
कभी किसी के बिना
सफर सफर है चलता हि रहता है
निरन्तर ।

शब्द घेराबन्दी

घेराबन्दि बाँच्दै  छन शब्दहरु
मानवीय अदालतमा
निस्ससिदै
एक संक्षिप्त जिन्दगी  ।