Sunday, December 28, 2014

यो संगत न हो अनेक पढाएर जान्छ

यो संगत न हो अनेक पढाएर जान्छ
एकै झोका बतासले नि हल्लाएर जान्छ ।

एक पुग्नु,अर्को फर्किनु एकै समय भयो
समय हो साथी हस्ती मेटाएर जान्छ ।

केहि निकालेर हेर आफ्ना ख्यालहरुबाट

केहि निकालेर हेर आफ्ना ख्यालहरुबाट
छन् उपाय मुक्त हुने अनेक सवालहरुबाट ।

मलाई खरकै छानो काफी हुनेछ जिउन
बच्नै पर्ने छ भने पनि  बतासहरुबाट ।

Monday, December 15, 2014

म भृंग तृष्णा

उस्तै छ गल्ली र गोरेटो
उस्तै समयको बिम्ब
मैले टेकेको धराताल
तिमीले नियाँल्दै गरेको आकास
के के उस्तै छ ?

अमुर्त प्रश्न,
परिभाषामा तारिक प्रेमको
धेरै याद आई रहेछ
त्यहि ,उही डिसेम्बरको चिसो ।