Saturday, September 28, 2013

यादहरु

एकान्तको मन्त्र मुग्ध संगीत
दुर दुर सम्म फैलिएको मौनता गगनको
हलुङ्गा छालहरु समुन्द्रको छातीमा
सारा दृश्यको साक्षी बतास
बयली खेल्दै मलाई छुन आउँछ
तिम्रा यादहरु लिएर  ।

Friday, September 27, 2013

फूलको अद्भूत बयान

फूलको अद्भुत बयान त मेरी सानी छोरी गर्छे
मलाई डाको छाडेर रुन आउछ 
उनको अबोधतामा 
म माकुराको जालो बुनाईले प्रभावित हुन सकिन तर 
मेरो अवस्थामा 
उस्को जिवन शैलीको प्रभाव देखिन थालेको छ ।

निर ओ नीर

निर ओ नीर
रङ्ग आँसु या पानी 
ए जिन्दगानी ।

Saturday, September 21, 2013

जिन्दगी अब भी सज़ा दे

जिन्दगी  अब भी सज़ा दे कुछ इस तरह
खुली आँखों में सुला दे कुछ इस तरह ।

वक्त छुट गई राहवर आगे निकल चुके
माज़ी आज भी वफा दे कुछ इस तरह  ।

Friday, September 20, 2013

सोच

हिजो देखि भित्रभित्रै उकुस मुकुस भै रहेको थियो त्यसैले मन शान्त होस  भनेर नै  सुनसान सडक एक्लै नाप्न निस्कन्छु । समुन्द्री सिरेटोले यो तनलाई शितल त गराउदै छ तर म भित्रको ज्वालालाई अझै उग्र पनि बनाउदै छ । म जती जती सोच्दिन भन्दछु त्यहि नै ती छविहरु मन मस्तिष्कमा फैलिदो छ । उ म संग भएर पनि छैन र नहुनु को अर्थमा म उसलाई मेरो जिन्दगीमा सामिल गर्दिन पनि हैंन । थाहा छैन कहाँ छ त्यो संसार जुन मेरो सोच भित्र छ । छ कि छैन ?। यस्तै यस्तै अन्यौलको यो यात्री सधै एक रुमानी कल्पनामै जीवन खोज्दै भौतारिन्छ । म साँच्चै नै मानसिक रोगी हु त ? यस्ता प्रश्न पनि नउठेका हैनन् यो दिमागमा । जवाब कसले दिने मलाई ? डाक्टर भन्दा अर्को को हुन् सक्छ र यो सम्झाउने मलाई त्यसैले क्लिनिकको ढोका पनि ढकढकाउन पुगे । तर त्यो मेरो सन्तुष्टि हुन् सकेन । मेरा सारा रिपोर्टहरु नर्मल देखिए । यदि म नर्मल हुन्थे भने यो तड़प किन छ म भित्र ? के चाहन्छु म ? यो असन्तुष्टी के र कसका लागी हो ? साथी , नाम , दाम,काम , घर परिवार , आफन्त ? कदापी हैन  । अनौठो आवाज संगै समुन्द्री छाल मलाई मेरो सोचका तरंगबाट ब्युँताउन सफल हुन्छ । एकछिनको टोलाई पछी फेरी उही सोचका गर्तहरुमा डुबुल्की खेल्न पुग्छ मेरो अनियन्त्रित सोच ।

अपरिचय

"धेरै पो भै सक्यो त है हाम्रो भेट न भएको पनि " एक्लै घोत्लिएर यसरी बर्बराउनु बाहेक के नै उपाय भो र ?
मलाई साह्रै चित्त बुझ्न छाडेको छ अचेल यो अनिलो समयसंग । आफैसंग झन्नक हुन्छ र उठ्छु अनि व्यस्त हुन्छु साथी संगीसंग फोन वार्तामा । बेचेको समयबाट आफ्नो लागी समय निकाल्न धौ धौ नै परेको अवस्था भोग्दै पो हामी परदेशमा ।
"हेर न अती दिक्क लागि सक्यो । अर्को हप्ता त हामी जसरि भेट्न पर्छ है ।

समयको वर्तमान प्रयोगशाला

म भित्र नजानिँदो गरि पार्श्व कम्पन शुरु हुन्छ
लामो दुरी तय गर्नको लागी कुनै अदृश्य शक्ती थपिए झैँ
जिन्दगी र समयले आफ्नो ब्यबस्था /अर्थ सुदृढ पार्न मलाई प्रयोगमा ल्याउँन चाहन्छ
म त्यहि शक्ती द्धारा परिचालित हुन्छु बिस्तारै  ।