Friday, September 20, 2013

समयको वर्तमान प्रयोगशाला

म भित्र नजानिँदो गरि पार्श्व कम्पन शुरु हुन्छ
लामो दुरी तय गर्नको लागी कुनै अदृश्य शक्ती थपिए झैँ
जिन्दगी र समयले आफ्नो ब्यबस्था /अर्थ सुदृढ पार्न मलाई प्रयोगमा ल्याउँन चाहन्छ
म त्यहि शक्ती द्धारा परिचालित हुन्छु बिस्तारै  ।

हो यो समयको वर्तमान प्रयोगशाला हो
यहाँ हर कोई आफ्नो दायित्व निर्वाह गर्दै छ
कोई पुजारी मन्दिरमा अपराधको आराधना गर्छ
कोई अन्डरवर्ल्ड/आपराधिक दुनियाको देवता स्थापित हुन्छ
कुनै प्रोफेसर नितीको चिरफार गरेर नयाँ निती निर्माण गर्दै छ
 एउटा राजनीतिज्ञ राज र नितीको ब्यापारी बन्छ
यहाँ प्रत्येक नौलो परिक्षणको होडबाजी चल्नु स्वाभाविक हो
हर कोई नव निर्माणको इतिहास खोज्ने रहर बोकेर साक्षार भएको जो छ
मेरो गिदी निकालेर कुनै रोबर्टमा स्थापित भए पछिका काण्डमा म अपराधी कसरि साबित हुन्छु ?
यो त भविष्यको सुदृढिकरणका लागी गरिएको सामान्य प्रयोग मात्र न हो ।

उज्यालोलाई भाँचेर अँध्यारोमा मिसाईन्छ
अल्कोहोल र पेट्रोलको समिश्रण द्रब्य थप उर्जा उत्पादन हुन्छ
यहाँ म आज्ञाकारी तत्वबाट बनाईएको छु
एउटा दायराको पाठ्यक्रम सक्नु छ
उज्यालोलाई भाँचेर अँध्यारोमा मिसाईन्छ
मेरो आज कुन प्लानेटको निर्माण प्लान गर्दै छ मेरै दिमागमा ?
सिस्टम दाँया र बाँया
एउटा ठुलो भवन भित्रको चित्र
कयौ मानव टाउकाहरु एक आपसमा बहस र छलफल गर्दै /सुन्दै /फाल्दै
मलाई निम्त्याईएको हो या परिचालन गरिएको छ त्यहाँ
मेरो दिमाग प्रक्षेपण र परीक्षाको समय शुरु
नयाँ सिस्टमका रंगीन बटनहरु एकै औंलाको भरमा थिचिन्छन
माईनर ब्लास्ट
अस्त व्यस्त छरिएका मानव शरीर
म निदाउँन भन्दा पहिले उठ्नु पर्छ आजको प्रयोग सकेर
भविष्य निर्माणको लागी ।

No comments:

Post a Comment