Wednesday, August 21, 2013

चर्चा परिचर्चा

चर्चा परिचर्चा
समय साङ्गला स्वत: वरिपरी बेरिन्छ
म समयको कैदी
हराएछु कतै
कती बर्ष बिते /बित्दै छन यहि चर्चामा
म मरेर बाँचे /बाँचेर मरे ।

डर त्रास , भोक प्यासको युद्दमा
एक हुल स्यालहरु जंगल बाहिर बतासिन्छन
जिन्दगी खोज्न
जिन्दगी
सडकमा लम्पसार जिन्दगी भोग्दै छ
कयौ पाइलाहरु कुल्चेर जान्छन
केहि आँखाहरु चिल्चिलाउन थाल्छन
अनाम /बेनाम  फेरी
हुनु र नहुनको अर्थमा
स्वतन्त्रत ।

एकहोरो दौंडमा अदृष्य समय
आश्वाशन फ्याँक्छ हावा बाँच्नुको
पोखिएको जिन्दगी अन्जुलीमा भरेर पिउदा
कोकिन को आलो नशा दिन्छ
फगत मर्नु र बाँच्नु परम्परागत मुहाली झैं
स्वतन्त्र सोचहरु भूइँभरि छरेर
आस्था, निर्माण राष्ट्र अनि मूल्यको
म नारा निमेषमा लगाउछु
मेरो साथर्कत्व युगमा भेटिनेछ
बाँकि अरु केहि छ कि चर्चा गर्न  ?

No comments:

Post a Comment