Wednesday, February 5, 2014

प्रिय भ्यालेनटाइन ,

चिसो कठ्याँग्रिएको साँझ
एकनास काँप्दै गरेका अधर
दोधारमा परेको मन
सपनाको यथार्थ अंगालेर
नयन उठछन्
तिम्रा नजर जवाफ खोज्दै थिएँ
मेरो मुहार पुस्तिकामा ।


केहि त हलचल भएकै हुनु पर्छ
शान्त देखिने त्यो तलाऊ भित्र
कुनै शायरले लेखेको गज़ल झैँ
या कविको कवितामा बयान भए झैँ
प्रेमिल अभिब्यक्ती
सफल हुन्छ एउटा आँकुरा हाल्न प्रेमको ।


कयौं जुनेली रात
कतै सडक नजिक फैलिएका रात
कहिले धुप्प औंशीको अँध्यारो रात
ती रातहरुमा अनिदो बसी
एक अर्कालाइ नियाल्दा
पट्यारमा नयनहरु बोझिल भएनन् ।

प्रिय भ्यालेनटाइन ,
पर सागर भेट्न बगेको नदी झैँ
समय अविरल बग्दै छ हामी बीच
हामी दुई किनार
एक अर्काको साथ
अविरल बगिरहने छौ अनन्त सम्म ।

14/ 2/ 2013

No comments:

Post a Comment