Wednesday, February 5, 2014

रङ्गिन नम्बरहरु

फेरी अस्पतालको उही कुना
उस्तै निस्तब्धता
कयौ असाहय जिन्दगी
अझै केहि पलको युद्धमा संघर्षरत
समय शिथिल खिसिक्क हाँस्दो छ
आफ्नो सफल असफलतामा
म यी अत्याधुनिक जीवनदान दिने मेसिनहरु
मेरो मन्दिरको भगवान भन्दा महान देख्छु ।



देखिन्छन अनेक रङ्गिन नम्बरहरु
हरियो ~~~~~~~~~९०
निलो ~~~~~~~~~~~~१००
पहेलो ~~~~~~~~~~~~~११
रातो ११२/४३ (६०)
हिसाब कस्तो अमिल्दो
केहि अस्पष्ट स्वर
यहाँको कर्तब्य/जम्मेबारी देखि
हर आरोह अवरोह समाप्तीको घोषणा गर्छ ।

यावत यस्तै क्रम जारी छ
आवत जावतको
यात्रि तम्तयार अनौठो उन्मादमा
राजा देखि रैति सम्मको एकै सफर
म एक नजर
िजन्दगीका रङ्गिन नम्बरहरुमा लगाउछु
लामो निश्वास निस्कन्छ
र बिलिन हुन्छ हावामा ।

केहि देवदुत प्रयासरत छन
स्व जिन्दगी निर्माणमा
अथक प्रयास निरन्तर चल्यो/चल्छ/चलि रहन्छ
हो सफर पनि निरन्तर रहन्छ
फरक यात्री सहित ।

No comments:

Post a Comment