Thursday, February 13, 2014

प्रेम दिवस

कल्पनामा एक साँझ
समुन्द्रको शुष्क किनारै किनार
अनेकौ काव्यिक कारिगरी चट्टानहरुको
तरंगित पानीका निशानहरु

बालुवामा बन्दै मेटिदै मनका तस्विरहरुमा
पत्र पत्र चिमोटिएर छरिएका राता गुलाब
भावनात्मक संवेग छिचोलेर
मन्द मन्द बहकिदै मुहार चुम्न आउने हावाको झोका
म कुन कुन उपमा मा सिर्जु यो समयलाई
ए आजको दिन ! मैले तिमीलाई नै पर्खिनु पर्छ र
प्रेमको दिवस मनाउन ?
म एकान्तमा निमेष प्रेम दिवस मनाई रहन्छु ।

14/2/2014

No comments:

Post a Comment