Wednesday, February 12, 2014

भित्तोको तस्विर

मेरो भित्तोमा झुण्डि रहेको तस्विर
भौतिकताबादलाई च्यातेर
मलाई गिज्याई रहन्छ ।

मेरो नजर
हरेक चित्रमा डुल्छ
पत्र पत्र छिचोल्दै
अनि पढछ नि:शब्द कोरिने
जिन्दगीले रुझेका कविताहरु ।


सोच न
के ति चित्रकार कवि िथए
या िथए मुर्तिकार
जस्ले बहुअर्थि सामर्थ्य दिएकाछन   तस्विरलाई ।

भिन्चि
पाबलो
उर्सला
नाम संगै अमर अस्तित्वहरु
जस्ले आफ्ना कलामा
देवकोटा महाकवि जन्माए
यसरी मेरो भित्तोमा झुण्डि रहेको िचत्र
साँकेतिक भाषामा संवाद र बहस गर्छ मसंग  र गरि रहने छ ।

No comments:

Post a Comment