Friday, November 29, 2013

ढुङ्गामा कसी

पुरा 
कोई सम्झौतामा 
कोई बर्बादीमा 

उ संघर्समै रमाउँछ 
म अस्तित्व बुझ्नमा 

Tuesday, November 26, 2013

किन यो सुनसान मध्य रात जल्दै छ त ?"

गहिरो मौनता
हामी दुवै बीच पसारिएको छ ।
न ऊ बोल्छ
न म बोल्न सक्छु
कती रहर अल्मलिए यस्तै
कति उमंग ओईलिए फेरी

यादको ताप

चिसो यो रातमा
अतीतको सम्झना
वर्तामानको संघर्ष
भविष्यको अन्यौलता
मिश्रित ताप दिन्छ ।

Sunday, November 17, 2013

साहित्यको 'कमेडी' - राजकुमार बानियाँ

दसैंछेक लखपति भएकै हुन्, राजन मुकारुङ । त्यसको एक महिना नबित्दै फूलको थुँगाजस्तै भइसकेछन् । 'दमिनी भीर' उपन्यासमा मदन पुरस्कारस्वरूप थापेको नगद दुई लाख जमघट, चाडबाड र घुमघाममा सकिएछ ।
त्यसो त 'हेत्छाकुप्पा' उपन्यासका लागि केही वर्षअगावै दुई लाख पाँच हजारको थैली बुझिसकेका रहेछन् उनले । फरक के भने, त्यतिबेला उनको फुर्मासी स्वभाव चिनेका शुभेच्छुकले बैंक ब्यालेन्स गरिदिएछन् र त्यो धनराशि उनले विदेश जानेलाई दिएछन् । एक-डेढ वर्षपछि फिर्ता लिएछन् ।
झन्डै १२ वर्ष कुनै सरकारी, गैरसरकारी कम्पनीको तलब नथापेका यी युवा लेखकलाई पुरस्कारको रकम उस्तो भारी लाग्दैन । बरु त्यसले समाजमा पार्ने प्रभाव अनि बजारमा पाठकको खोजी महत्त्वपूर्ण लाग्छ ।

उदाश नजर धुवाँ धुवाँ छन

उदाश नजर धुवाँ धुवाँ छन
मनका रहर धुवाँ धुवाँ छन्   ।

गगनभरी छ बारुदको मुस्लो
हरेक शहर धुवाँ धुवाँ छन  ।

Sunday, November 10, 2013

गोरेटो मुस्कान

छातीभरी 
अन्जान पईतालाका डोबहरू 
पिल्सिदै दिर्घ घाउँ दुखि रहन्छ /रहने छ 
असिमित पीडाहरु मै 
गोरेटो मुस्काई रहन्छ 
एक जीवन्त मुस्कान 
यात्रीहरुलाई गन्तब्य भेटाएर  ।

Friday, November 8, 2013

भोटको हङ्गामा

फगत कती गर्नु यहाँ भोट को हंगामा
उनै नेता उनकै पुराना खोटको हंगामा ।

यो रित हो बर्षौ देखि चली रहेको छ यहाँ
निरन्तर रहन्छ धोका चोटको हंगामा ।

सारा पिर छोडी

सारा पिर छोडी शान्तीको सुमधुर गीत गाऔं आज
सबै जात धर्म ,रितिथिती एकै अंगालोमा बाँधौं आज
न लिएर आयौ केहि न लानु छ केहि ,के छ तेरो मेरो ?
आउ सबै  मिलेर आशा को एक दीप जलाऔं आज  ।

तिहार २०७० 

म एक मरेको मान्छे

अभिष्टता यथावत
अभ्यावेदन
म अमल
अनगन्ती छालहरुले तरंगित
अचेतन मन अभियोग बर्बराई रहन्छ
म एक मरेको मान्छे ।

Friday, November 1, 2013

हार निश्चित,सल्लाह बढ्दै थियो

हार निश्चित,सल्लाह बढ्दै थियो
दिलमा अनौठो उत्साह बढ्दै थियो

जब मृत्यु सबै भन्दा करिब आयो
तब जिन्दगी को चाह बढ्दै थियो  ।