Sunday, November 17, 2013

उदाश नजर धुवाँ धुवाँ छन

उदाश नजर धुवाँ धुवाँ छन
मनका रहर धुवाँ धुवाँ छन्   ।

गगनभरी छ बारुदको मुस्लो
हरेक शहर धुवाँ धुवाँ छन  ।


डर त्रास निर्दोषकै चित्कारमा 
भोलिका प्रहर धुवाँ धुवाँ छन  ।

संघारमा आई मुस्काउँदा  मृत्यु 
पीडामा अधर धुवाँ धुवाँ छन  ।

अनिदोमै बिते कयौ रातहरु
आँखामा असर धुवाँ धुवाँ छन  ।

आज अन्यौल भविष्य अभरको
अनिश्चित सफर धुवाँ धुवाँ छन  ।

शान्तिको आउला सुनौलो बिहान
सपना अमर धुवाँ धुवाँ छन    ।

No comments:

Post a Comment