ढुङ्गामा कसी
पुरा
कोई सम्झौतामा
कोई बर्बादीमा
उ संघर्समै रमाउँछ
म अस्तित्व बुझ्नमा
पारङ्गत
समय जुवा खेल्नमा
म उसको नशामा पागल हुन्
यो चरित्रको बिबशता हो र ?
कदापी हैन
जसले चुनौती स्वीकार्छ
उसले बिरोधको बिगुल फुक्छ
आउ युद्धको मैदानमा
हार जीतको फैसला गरौ
आखिर कसी लगाउने एक ढुङ्गा मै त हो ।
No comments:
Post a Comment