Friday, November 8, 2013

भोटको हङ्गामा

फगत कती गर्नु यहाँ भोट को हंगामा
उनै नेता उनकै पुराना खोटको हंगामा ।

यो रित हो बर्षौ देखि चली रहेको छ यहाँ
निरन्तर रहन्छ धोका चोटको हंगामा ।


मुठ्ठीमा तक्दिर लिई नाङ्गै आएका थियौ
फेरी किन गर्नु कालो कोटको हंगामा ।

उ पिएर आयो चुनाव आएको खुशीमा
आजकल घरमा हुदैन नोटको हंगामा ।

सारा जंगल उजाड लाग्दै छ यो बशन्तमा
छैन सुसेली सिमल पैयुँ बोटको हंगामा ।

No comments:

Post a Comment