Thursday, April 4, 2013

एक निमेष


जिउनु
एक निमेष तिम्रो अनुभूतीमा
ले त एउटा उमेर बाँचे झैँ लाग्छ भने
साथमा त सदियौं नै बाँचिन्थ्यो होला तर
के गर्नु

उमेर अवधि नै छोटो लिएर आईएछ,
किनकि आज
जीवन र मृत्यु बीचको गहिरो लगाव छुदै छु,
दुवै बिचको प्रेम देख्दै छु ,
अमर,अमिट मायाप्रिती भोग्दै छु,
ब्याकुल प्रतिक्षा उसको बुझ्दै छु  ।

No comments:

Post a Comment