Thursday, April 11, 2013

शब्दहरुको अर्थ खोज्दै


शब्दहरुको अर्थ खोज्दै
साँच्चै हराएकै हुन् त ?
कुनै खास शब्दकोश छ कि ?
हिजो जून अल्मलिएको देखे
आज बतास उल्टो दिशामा बग्दै छ !

वातावरणमा अक्सिजन कम भएर
एकहुल चराहरु अतासिदै आकाशिनछन्
उस्तै बेगमा खस्छन धर्ती चुम्न
समुद्रको छाल दौडिन नसकी
बैशाखीको माग गर्दछ
मेरो गुनासो आफैसंग
नयाँ शताब्दी संगै
नौलो परिवेश अनि
नयाँ शब्दकोश निर्माण भएको छ
ध्यान दिएर अध्ययन गर्न सिक ....

No comments:

Post a Comment