Thursday, April 4, 2013

छोएर हाल बेहाल बिर्साई देउ


छोएर यो हाल बेहाल बिर्साई देऊ
बेतुक उठेका सवाल बिर्साई देऊ  ।

फूल काँडा बीच सम्बन्ध छ गहिरो
बेमेल देखिने यो लगाव बिर्साई देऊ ।

मधुर संगीत गुनगुनाउ सुसेलीमा
थाम्छु  ढुकढुकी संसार बिर्साई देऊ ।

यो जिन्दगी नै लाग्छ अधुरो तृष्णा झैँ
अँगालोमा बाँधी  तनाव बिर्साई देऊ ।

एकै पलको प्रेमिल स्पर्श होस् अमर    
एकान्तमा बिझ्ने आराम बिर्साई देऊ ।

No comments:

Post a Comment