Tuesday, April 23, 2013

एकथरी साहित्य अर्का समाचार लेख्छन


एकथरि साहित्य अर्का समाचार लेख्छन
शब्दै हुन् कि भ्रमित ?गल्ती बारम्बार लेख्छन ।

खबर हुन्छ पूर्वको छापिन्छ पश्चिमको भन्दै
अर्को दिन एकहोरो भूलसुधार लेख्छन  ।

सुन्थे अभिनयमा माहिर कलाकार हो उ
आज पत्रिकामा त्यो नामी पत्रकार लेख्छन ।

पाइलै पिच्छे छ नकाबमा मुहार जसको
त्यै चरित्रको बयान सत्य संसार लेख्छन

No comments:

Post a Comment