Thursday, April 11, 2013

ऊ खुलेर नहाँस्नु खुशीको अभाव हैन


ऊ खुलेर नहाँस्नु खुशीको अभाव हैन
जून मलिनो देखिनु औंसीको प्रभाव हैन  ।

कत्रो साहस गर्यौ फूल कुल्चिएर हिड्यौ
संगै हुनु नियती पो ,काँडा गुलाब हैन  ।

घुँट घुँटमै के नशा खोज्छौ ए बेईमानी  हो
गिलासमा राखेको पसिना थ्यो शराब हैन  ।

उ खुशी अंगाल्दै भन्छ मैले पढे जिन्दगी
म मुस्काउदै भन्छु  यो  खुला किताब हैन  ।

No comments:

Post a Comment