म विदेश ( लाहुर ) जान्छु ।
निर्णयात्मक थियो स्वर
अनि छरपष्ट कठोरता ।
विस्फारित हुदै केहि जोडी नज़र
पुर्लुक्क उठछन्
तिमी छोरी मान्छे लाहुर जान हुन्न ।
लाहुरे हुन बाहुबल चाहिन्छ अनि के के
छोरी कमजोर (मान्छे न ) हुनु को आभास दिलाईन्छ
एकलास अट्टहास लाउँछ मेरो मन यो मानसिकतामा
(मेरो अन्तर आत्मा बोल्छ "तिमी छोरी मात्र नभएर आमा(जननी ) पनि हौ )
मुहार धपक्क बल्छ "कर्तब्य बोधले "
अनि त्यै चमकको असर बोल्छ केहि मधुर भएर
"तिमी बस्न सक्दिनौ एक्लै त्यहाँ "
जस्तो कि "मेरो आत्माले साथ पाएको छ सधै "
"तर म जान्छु " जवाफ फर्काउछु ।
केहि दिनको अथक प्रयाश
कती बाद बिबाद पछी
मेरो बनबासको
आबेदन पारित हुन्छ ।
पहिले पटक
हवाई जहाज चढेर "मेरो माटोलाई "फेरी भेटौला " को सन्देश सहित हात हल्लाउछु "बिदाईको "
सपना ,रहरहरुका थाँती मातृभूमीको माटोमै पुरेर
म नियतीलाई चुनौती दिदै उसले लेखेको भाग्य अस्विकार गर्दै आफ्नो कर्म कोर्न हिड्छु र
छोरी लाहुरे हुन्छे ।
सालौ परदेशको माटो सिच्दै बित्छ
हो ,मरुभूमी मलिलो छ
त्यसैले त क्यक्ट्स फुल्छन यहाँ
म पनि क्यक्ट्स संगै फक्रिन फुल्न खोजि रहेको बर्षौ भयो ।
हजारौ माईलको दुरीमा दुराभास को उपलब्धिमा मन रमाउन चाहन्छ ।
"घर आउँन मन लाग्दैन हो "? मेरा साथि संगीको गुनासो
(घरमा नौलो समस्याले फेरी पन्जा फैलाएको छ )
"म सन्चै छु ?" मनले सोध्छ ।
थाहा छैन ? अलमल्ल हुन्छ मन
कोहि भन्छन "कति लोभी भयौ पैसाको ( साँच्चै नै हो कि ? )
( मानौ मेरो बैंक खाताको जानकारी छ उहाँहरुलाई )"
घरदेशमा आजभोली हल्ला चलेको छ
सबै त्यागेर पैसामा रमाई
कोहि भन्छन स्वार्थी रैछ "घरदेश भुली "
"छोरा छोरी समेत भुली " आरोप लाग्छ
कोहि सोध्छन "बैंक खातामा टन्न पैसा होला है ?"
हिसाब किताब मा कमजोर छु
एउटा एकाउन्टेन राखेकी छु
उसैले गर्छ सबै हिसाब आजभोली " सुस्त जवाफ दिन्छु
भनिन्छ "ओहो ठुली पो भएछौ"
"हो ,निकै अग्लिए लाहुरमा " सुस्केराँ हाल्छु अनि
सोध्छु मेरो एकाउन्टेनलाइ
बर्षौ भयो मैले सबै छोडेर सबै पाएको
आज हिसाब किताब गर्नु पर्यो
"ए नियति ! भन मेरो खातामा कति ब्यालेन्स जम्मा भएको छ "?
"साँवा र ब्याज सहित ? "
No comments:
Post a Comment