अती जानकार खुबै छन सल्लाहकार यहाँ
केहि बोले हुन्छ माहौल गजप खुंखार यहाँ ।
अलि स्पस्ट भै कुरा गर न हौ ए मित्र बन्धु
अस्पस्ट कुरामा खै के ठान्नु वफादार यहाँ ।
फूलले पनि लाग्ला चोट सक्दैनौ कि सहन अब
इँट चुन खडा गर आफ्नै वरिपरी दिवार यहाँ ।
बोली हैन सोच बिचार खुला पाउँन सके पो
बिद्धवानकै देख्छु किन फरक ब्यबहार यहाँ ।
No comments:
Post a Comment