Thursday, April 11, 2013

हात जोड्दै छिर्न संघार नखोज


हात जोड्दै  छिर्न संघार नखोज
भित्ता कोर्न फेरी  अंगार नखोज ।

जती घोल जहर रातै हुन्छ रगत
रगत निलो हुने  संसार नखोज ।

धेरै पछी मनको सुर्य उदाएको छ
फैलाउन फेरी अँधकार नखोज ।

तिम्रो लाश बोक्ने दाजु भाई नै  हुन
घर बाहिर गै साझेदार नखोज ।

सागरको लक्ष किनार चुम्नु छ
जित्न सागरको  मझधार नखोज ।

No comments:

Post a Comment