उनलाई मनकै मन्दिर छ काफी
बुझ्नेलाई कलमी लकिर छ काफी ।
सजाउँ म कहाँ सपना तिमीलाई
आँखालाई उनकै तस्विर छ काफी ।
केहि पाइन भन्दै कती रुनु सधै
बाँच्नलाई एकमुठ्ठी समीर छ काफी ।
के पिउनु साथी शराब मिलाई जहर
मर्नलाई जिन्दगीकै पिर छ काफी ।
नलेख कथा कसले कसरी जित्यो
जित्नलाइ सत्यको नजिर छ काफी ।
No comments:
Post a Comment