Wednesday, September 19, 2012

आँखों मे कहानी थी (हिन्दी )


आँखों मे कहानी थी
रूह को सुनानी थी !!

खुला था आसमान
दिल ये बेमानी थी !!

Sunday, September 16, 2012

हकदार हम नही थे !! (हिन्दी )


गुलाब थे काँटो के साथ भवरें भी कम नही थे
खुशीयाँ मिली भी जिसके हकदार हम नही थे !!

मेहरबान हुआ खुदा ,दी मौका -ए -दिदार
नज़रे ढुढती रही महफीलमे तुम नही थे !!

नयाँ सालमा


"हरेक मनमा सदभावको बिउँ छर्न सकियोस नयाँ सालमा
घर घरमा एक अलौकिक दियो बाल्न सकियोस नयाँ सालमा
यस्तो गर्न सकियोस,कुनै भेदभाव नरहोस तिमी र हामीमा
हर दिन सुनौलो पारी इतिहास कोर्न सकियोस नयाँ सालमा ....!!

निर्मला खड्का

आमा र घर


"चाडको दिन आज सम्झदै छु आमा र घर
अझै कति बस्नु छ विदेश, घरबाट पर
दिन्छु चुनौती तिमीलाई कोशिश गर दैब
छुट्टायौ तन, सक्दैनौ छुट्टाउन आत्मा तर ।

निर्मला खड्का

शहर भरि खोजेर आँए


"दिनमा शहर भरि खोजेर आँए
मनमा रहर भरि खोजेर आँए ।।"
लुक्यौ बादलमा औंशीको जुन सरि
रातमा सगर भरि खोजेर आँए ।

निर्मला खड्का

हेर सरकारको बोली बिक्दै छ


हेर सरकारको बोली बिक्दै छ
कठै मजदुरको भोली बिक्दै छ ।

सक्छौ जाऊ उठाउ लिलामी हाट
सस्तैमा गरीबीको चोली बिक्दै छ ।

कितने मोड लेती है


"जिन्दगी भी नजाने कितने मोड लेती है
हर नई मोड पे इक अजीब सवाल देती है
ढुढते रहते है हम जवाब पल पल यहाँ
मिल भी जाए जबाब तो सवाल बदल देती है !!

निर्मला खड्का

धागो बन्छु म


सबैलाइ एउटै मालामा गाँस्न सक्ने धागो बन्छु म
फुलाउन रंगीन फुलहरु बलियो हाँगो बन्छु म
दिन्न अब पाईलै पिच्छे कुल्चिन स्वाभिमान यहाँ
रोक्न आउने जो कोहिलाइ डढाउने आगो बन्छु म

निर्मला खड्का

लक्ष चुपचाप छ


लक्ष चुपचाप छ, अनेकौ घुम्ती मेरा मोडीदा यहाँ
आँखा सुनसान छ,साथहरु पलमै छोडीदा यहाँ
मरी सकेको छैन भावना,भोगाई अनगिन्ती छन
तन ठीकठाक छ,मन टुक्रा टुक्रा भै फोडीदा यहाँ

निर्मला खड्का

सकेनौ है चिन्न अझै


सकेनौ है चिन्न अझै को आफ्नो को हुन पराइ यहाँ ?
बाँडीदै छ नदि नाला लौ फाट्यो पहाड तराई यहाँ
फैलाउदै अन्धकार कहाँ बाट आयो कालो बादल
एकै जात धर्म हाम्रो किन फेरी यस्तो लडाई यहाँ ?

निर्मला खड्का

कयौं युद्ध एक्लै लड्नु छ


"कयौं युद्ध एक्लै लड्नु छ बाँकि यहाँ अझै
कति उकाली एक्लै चड्नु छ बाँकि यहाँ अझै
थाकिसके जस्तो लाग्छ जीवन तर थाहा छैन
कति घुम्ती एक्लै मोडिनु छ बाँकि यहाँ अझै .."

निर्मला खड्का

दिलको जलाने लगी


"ढलती हुइ शाम ए शमा मेरे दिलको जलाने लगी
उसकी यादों की हवा दिलकी आगको भड्कने लगी
दिलको जलते देखकर मेरी आँखों से रहा ना गया
दोनो आँखें मिलकर उस दिलमे लागि आगको बुझाने लगी"

निर्मला खड्का

विचारलाइ मान्न सिकौ नारी


"सत्य असत्य छुट्टाएर विचारलाइ मान्न सिकौ नारी
शिर उठाएर स्वाभिमानलाई ठाडो राख्न सिकौ नारी
हक,अधिकार खोज्न र माग्न भन्दा दिनु पर्छ पैला
एक अर्काको भावनालाइ नै सम्मान गर्न सिकौ नारी ।"

निर्मला खड्का

म त तिम्रो शहर छोडी


"म त तिम्रो शहर छोडी गएको मान्छे
तिमीले नै चाहेर टाढा भएको मान्छे
माग्छु तिम्रा आँशु उपहार भो मलाई
म त् तिम्रो हरेक बात सहेको मान्छे .."

निर्मला खड्का 

हर पल जिन्दगीले


"हर पल जिन्दगीले केहि सिकाएर गयो
हाँस्दा हाँस्दै धेरै पटक रुवाएर गयो
केहि खुशी मेरो हिसाबमा बाँकि छ कि सोधे ?
एक मुठ्ठी सास थ्यो उधारो लगाएर गयो !!"

निर्मला खड्का 

उदास देख्छु आज


"किन किन क्षितिज उदास देख्छु आज
उस्तै उराठ उराठ बतास देख्छु आज
मेरो मन जलेको खबर कसले दियो
वर्षन तयार निलो आकाश देख्छु आज !!"

निर्मला खड्का

खलबल भएको छ रे


"सुन्छु देशमा फेरी खलबल भएको छ रे
गाउँ शहरमा फेरी हलचल भएको छ रे
लाग्दै थियो अब त नयाँ सरकार होला
उही दोहराउने छलफल भएको छ रे "

निर्मला खड्का

कुहिरो भित्र लुकेको छ शहर


धुम्म त्यहाँ कुहिरो भित्र लुकेको छ शहर
कति नुनिलो पसिनाले रुझेको छ शहर

कयौं सपना फुल्छन झर्छन कति नफक्री
आशा र आँशुको तालमा डुबेको छ शहर

लगाव अनौठो


भेटिनु छुटिनु नियती लगाव अनौठो
एकैपलको प्रेमिल त्यो प्रभाव अनौठो !!

चाहन्छु तिम्रो खुशी भन्दै चुम्दा यी अधर
मदहोस आँखामा बिन्ती दबाब अनौठो !!