Sunday, September 16, 2012

कुहिरो भित्र लुकेको छ शहर


धुम्म त्यहाँ कुहिरो भित्र लुकेको छ शहर
कति नुनिलो पसिनाले रुझेको छ शहर

कयौं सपना फुल्छन झर्छन कति नफक्री
आशा र आँशुको तालमा डुबेको छ शहर


खोज्छ ऊ आफ्नो धर्म जात भेट्टदैन कहिँ नि
धागो काटिएको चंगा भै उडेको छ शहर

कसै संग छैन साइनो,अंगाल्छ सबैलाइ
बिबशताको भारी बोकी गुडेको छ शहर

निर्मला खड्का

No comments:

Post a Comment