Monday, December 30, 2013

मेरा झुठ

इक हादासा
मेरे झुठ का
कितने खामोश थे हम
जब हमने तुमसे झुठ बोला था
तेरी खुशी इसी मे है
मेरे दिल कहा  फिर ....

Tuesday, December 24, 2013

भन्छन यहाँ प्रचार हुनु पर्छ

भन्छन यहाँ प्रचार हुनु पर्छ
पत्रकार या सरकार हुनु पर्छ ।

मरेर जाँदा के भारी लान्छौ ए साथी
लासको  एक हकदार हुनु  पर्छ ।

Saturday, December 21, 2013

हर सासमा उस्को प्रेम सुगन्ध सामिल छ

हर सासमा उस्को प्रेम सुगन्ध सामिल छ
न मेरो समय न जिन्दगी न साथ दिल छ ।

के अर्थ छ र  सर्वगुण सम्पन्न हुनुको
जूनमा दाग छ र त बयान ए काबिल छ ।

Thursday, December 12, 2013

म प्रेममा छु सदैव

ती नजरको साहारामा देखेका
सपनाहरु डर लाग्दा कतई थिएनन्
रङ्गहरुमा रङ्ग भिजेर पोतिएको
कुनै पोख्त चित्रकारको क्यानभासमा रहेको
बहुमुल्य चित्र झैँ
ती सपनाहरुको रातलाई थामेर राख्न सकिएन
हो यस्तै गुनासाहरु लिएर उभिन्छ मेरो मन मेरो सामु
फेरी
ती रातमा लुथ्रुक्क रुझेको मेरो आँचलमा
कसैले शितको सुगन्ध खोजे
कसैले जुनको उज्यालो छामे
तर त्यो तिम्रो प्रितले रुझेको मृदु अनि स्निग्ध
मुस्कानमा मेरो तृप्ति प्रष्ट छ अझै ।