Monday, October 28, 2013

समयको कक्टेल निद

अपूर्व /दिब्य एक चित्र
मन देखि मस्तिष्क सम्म बोकेर
भगवानको नाममा मानव मानवता बाँच्छ
प्रकृती पनि त केहि परिवर्तन चाहन्छे
बदल्दै स्वरूपहरू
बजारमा कक्टेल निदको ब्यापार बढ्दो छ  ।


मलाई अल्कोहलको नशाले
निद उपहार दिदैन
त्यसैले एक नयाँ प्रयोगवादी
कक्टेल बनाएर पिउदै छु
एक मुठ्ठी देश चिन्ता
एक चिम्टी घरको पिर
थप: दिनभरी रगत सुकाउदै
शरीरले ओकलेको पसिनाको गन्ध  ।

नशामा ,
एक झोक निद संगै
सपनाहरुसंग्को साक्षात्कार हुन्छ
देशको उदास मुस्कान
घरको नीरव हाँसो
र माटोको मधुर सुगन्ध भेटेर
मन फुरुङ्ग उड्न खोज्छ
तर
बदलिँदो बिच्छ्यौना अनुरुप
यो नशिलो सपना परिस्कृत हुन् बाँकी छ  ।
एउटा क्रुर मुहार
मानवताको इर्श्या /द्धेष /आतंकरूपी पोशाक
यस्तै यस्तै अनेक अत्याधुनिक
महङ्गा गहनाहरुको
बहिस्कार /बिरोध अनि पदच्युत
एक्काइसौँ शताब्दीको सपना प्रतिबेदन
फेरी घाम जुन र ग्रहहरु जस्तै
निश्चित /शान्त
अनि दृढ ,
अटल भोलिको प्राकृतिक बिहान सामु
एक मुठ्ठी देश चिन्ता
एक चिम्टी घरको पिर
र आफ्नै पसिना मिश्रीत
एक कक्टेल निद पेस गर्ने छु  ।


p/p

No comments:

Post a Comment