Tuesday, October 15, 2013

धुवाँ जिन्दगी (अकविता )

लामो सर्को सिगरेट को
धुवाँ कोठाको बयुमंडल भरी
कशमकश मन मस्तिष्क
भित्र भित्रै अनौठो सकस
अतीत.बर्तमान र भविष्य
हिजो आज र भोली
पढाई संघर्स
संघर्ष जागीर
जागीर कमाई
कमाई अपुग
चाहना फैलिन्छ

सिगरेटले जीवनको आयु फाल्दै छ
धुवाँले चाहत झैँ आफ्नो आगोश फैलाउदै छ ।
खै जीवन
जीवन बोध कहाँ छ ?
यहि जीवन को बोध गर्ने अवसर हो र ?
यै बोधमा उपाधि लिने
डिप्लोमा, मास्टर या अझै ठुलो ?
सिगरेट सल्के झैँ  जिन्दगी सल्किएको छ अनि
हर सर्को  संगै छोट्टीदै जानु नियती
र त छोट्टीदै छ
अनि निभ्छ एकदिन या निभाईन्छ पैताला मुनि  ।

No comments:

Post a Comment