Monday, October 21, 2013

भित्तोको तस्विर र म

भित्तोको तस्विर र म
एक अर्कालाई नजरको सूक्ष्मताले नियाँल्छौ
उ मुस्काउछे मलाई हेर्दै
म रातो पिरो हुन्छु रिसले

म अर्को भित्तोको एैनामा आफैलाई फेरी नजर लाउछु
तर उस्तै उस्तै छ भाव-भंगीमा तस्विरको
हो,आज पनि उ सधै झैँ अगाध
म भन्दा सुन्दर देखिएकी छ ।

No comments:

Post a Comment