Tuesday, October 15, 2013

सम्भव छैन ?

के अब यो माटोमा सुधार सम्भव छैन ?
कलंक रहित एक मुहार सम्भव छैन ।

स्वाभिमानी बन,हतियार बोकी ए नेपाली
अमन चैनमा हार गुहार सम्भव छैन ।


राँको बोकी जन्मिनु पर्छ शिशु पनि अब
रावणलाई लंका दरबार सम्भव छैन ।

एक दिनको जीत सके जती मनाउ
हर दिन यस्तै प्रचार सम्भव छैन ।

आज परिवर्तन माग्छ गाउँ सहर देश
उही एेतिहासिक सरकार सम्भव छैन ।

No comments:

Post a Comment