यसरी सहरको नियम तोड्याछन आजकल
यारहरु सराब पिउन छोड्याछन आजकल ।
खै कहाँ के कमि भयो मेरो दोस्तीमा हिजो आज
र त सुटुक्क अन्तै पाईला मोड्याछन आजकल ।
एेना बेईमान सौन्दर्य हैन चरित्र देखाउँछ
रिस त हो घरकै सिसा फोडयाछन आजकल ।
ओहो कस्तो बिद्धवान हुन थाल्यो मानिस अब
नाता भरी नाफा नोक्सान जोड्याछन आजकल ।
No comments:
Post a Comment