एउटा मानव
आफै भित्रको आफैलाई सुम्सुम्याएर
शिर उठाई आकाश हेर्छ
र
हर्षमिश्रीत मुस्कान मुस्काउछ
तिम्रो अस्तित्वको आभासले
तिम्रो आगमनको अनुभूतिमा
सुनौलो इतिहास लेख्ने /दिने प्रण गर्दै
आमा तिमी धन्य छौ जसले यो इतिहास जन्मायौ
हो वानीरा तिमी नेपाली इतिहास हौ ।
जिन्दगी सजिलो कहाँ कसले लेख्यो / भेट्यो
भावना बलियो र मिठो भोगाईको भएर त
आँशु दिप प्रज्वलनका कारक बने
काँडाहरु टेक्दा आहात भै "उफ्फ़ " निस्कन चाहेन ओठबाट
पाईला निरन्तर रह्यो यात्रामा
बिवस मानव मस्तिष्कको कारागार खोल्दै
लाखौ तारा माझ चम्किने
एक नौलो ज्योतीपुञ्ज तिमी
हर जन्मको सथार्कता हौ
हो वानीरा तिमी नेपाली इतिहास हौ ।
अब अझै
बर्षौ देखि बर्षौ सम्म बन जंगल ढाक्दै
तिमी लाली गुराँस फुलि रहनु
यो पाखा देखि त्यो पहरा सम्म
सुनाखरी मुस्काई रहेकी छौ
म वानीराको इतिहास पढ्दै सगरमाथा टेक्ने प्रयास गर्छु /प्रयासरत छु ।
तिमी एक गौरव धर्तीको , हाम्रो प्रेरणा हौ /
रहने छौ अनन्त सम्म
हो बानिरा तिमी नेपाली इतिहास हौ ।
( बिश्वनारी नेपाली साहित्य सम्मेलन को लागी )
No comments:
Post a Comment