ऊ उभिएको होला मेरै छेउमा
चकमन्न चारै तिर नजर डुलाउदै
कतै गहिरो अनि एकहोरो हेराई ले
एक एकलाई नियाल्दै
जिन्दगीको बहिखाता बोकेर
हिसाब कोर्न तल्लिन,
देख्न सक्दिन र त
म उसलाई अनुभूत गर्न चाहन्छु
तर
महसुस गर्न नसक्नुको पिडामा आहात भई
रसिला नयन अनयासै ढोकामा ठोकिन्छन
ढोका खुलै छन र पनि
झ्यालका दुबै फकलेटा उघार्छु
उस्को स्वागतमा
म सक्दिन सहन
तिम्रो यो लुकाछिपी
असहनिय हुदैछ यो पर्खाई
भयो ......
आऊ अब
म तमतयार भएर उभिएकी छु
तिम्रो एक प्रहारको अनगन्ती चोटहरु छाती भरी कोर्दै
तिम्रो बिदाई खुशि साथ गर्न ।
रामबाम अस्पतालको कुना (हाइफा )
No comments:
Post a Comment