उजाडिएको बस्तीमा जिन्दगीको तलाश मेरो
एक मुठ्ठी सास उधारो दिने साथीको तलाश मेरो ।
जुन समय मेरो थिएन अतित बन्यो ठिकै भो
रातको अँधेरीमा आफ्नै भोलीको तलाश मेरो ।
कहाँ छुट्यो कविता ,बयान बोल्ने मुस्कानको
नयाँ भिड तर पुरानै कविको तलाश मेरो ।
धड्किन्छ मुटु दुख्छ नमिठो गरि परदेशमा
हर उषामा घरकै बिहानीको तलाश मेरो ।
रहर मात्र हैन सागरको लहर संग खेल्ने
चाह गहिराईमा डुबेर मोतीको तलाश मेरो ।
No comments:
Post a Comment