एक बुँद जिन्दगी पग्लिएर काठे कलम भरिन्छ
र त भिजाउँन्छ उदास , उराठ बेरंगीन दैनिकी पानाहरु ।
कती सहज र सरल छ त्यो तरलत्व बुझाईमा
कती मिहिन र मलिन छ भोगाईहरु यहाँ लेखाईमा ।
हेर न माटो मुनी जरो फैलाएको त्यो बुढो रुख
फेरी पालुवा हाल्न तम्सन्छ ।
अरे ! हिजो मात्रै विचार विमर्श गरिदै थियो ।
चर्चा चल्दै थियो यो रुख काट्ने र काटिनु पर्छ को
कागजका सेता पानाहरु भरमार होलान बहुमतले
किन कि
यसको छाहरीले पोल्छ रे बटुवाको मन ।
एकाध मिटर कात्रो पर्खर्दै चिहान शुन्य छ हिजो आज
पतझड संगै न्याउँलीले बैशालु गीत गाउन खोज्दै छे जीवनको चैत ।
अब म लाली गुराँस छुन्छु,बन कुसुम चुम्छु
पारिजात र सडक किनारका निला फूलहरु सोह्रेर बटुल्छु
अनि अन्जुली भरी लिएर सुँघ्दै
बढार्छु मुहार अघिको एक अँगालो जी हजुरीमा रमाउने मन खुशीहरु र
बटुलिएको कसिंगरको थुप्रोमा एक झिल्को सलाई कोर्छु ।
No comments:
Post a Comment