जती दुर दुर छन उती समिप छन कोई कोई
यादमै हुन्छन् तर अपरिचित छन कोई कोई ।
कसैले सम्झेको छ खबर आउँदैन यहाँ
भनिदिनु यो जिन्दगीमा अमिट छन कोई कोई ।
भन्छन नाम हो सम्पती ,कमाउनु कसै गरि
साँच्चै ! सोच विचारमै गरिब छन कोई कोई ।
जिउदो हुँदा उसलाई नचिन्नेको लाम थियो
शवयात्रामा सुटुक्क सरिक छन कोइ कोइ ।
नजर पढ्ने भन्छन तस्विर राख्छु आँखाभित्र
उनको नाम के हो जान्न अधीर छन कोई कोई ।
No comments:
Post a Comment