सुगन्ध लिई बतास चलेको छ फेरी
चुम्दा उसैले उस्तै तन गलेको छ फेरी ।
हेर देखिदैछ कालो बादल आकाशमा
नराम्ररी बस्ती कतै जलेको छ फेरी ।
युद्धको तयारी चल्दै थियो मैदानमा
अगावै गद्दार कसरी ढलेको छ फेरी ।
मुहार उज्यालो देखि चर्चा गर्नेहरु सुन
दिलमा अलौकिक दियो बलेको छ फेरी ।
मुस्काई रहन्छौ हर पिडामा कसरी
शत्रु हैन् मित्रलाई यो खलेको छ फेरी ।
No comments:
Post a Comment