पिउन भनि रगत बाँडिनेछ यहाँ
हरे कस्तो इतिहास कोरिनेछ यहाँ ।
पक्का हो यो समय कलियुग बाँच्दै छ
अन्याय गर्दै धर्म ग्रन्थ पढिनेछ यहाँ ।
पिठ पछी हैन ,अघि आई हान साथी
कस्को औकात कति बल्ल देखिनेछ यहाँ ।
जब सम्म राख्छौ स्वाभिमान बन्धकीमा
पसिना र आसुँले नै रुझिनेछ यहाँ ।
ईमान रहोस साँचो लगन दृढ उस्तै
अघि बढ्दा अझै लक्ष्य भेटिनेछ यहाँ ।
No comments:
Post a Comment