Sunday, May 5, 2013

तिमीलाई उज्यालो बिहानीको कामना !!


शब्द
केहि यादहरु
ती पल जहाँ खुशी मात्र थियो
त्यो जुनेलीका अनिदा चिसा रातहरु
सिरेटोको आभासले ओठहरु निला भएनन्

संगै लहरिएका फूलहरुको मन्द सुगन्ध
रुमानी त्यो मौषम
 फेरी उही झोंका बतासको
तिमी म भित्र नै हुनुको आभास दिन्छ
तिम्रो अस्तित्व म भित्रै समाहित गर्दै म
तिम्रो हर दुखलाई चुमेर बिदा दिन चाहन्छु
अबको पल
शिरिषका फूलहरु संगै
तिमीलाई  उज्यालो बिहानको कामना !!

No comments:

Post a Comment