एक तीर बाँकी निशाना धेरै छन
शिकार हुनु नहुनु बहाना धेरै छन ।
इरादा,संयमता सधै बोकी हिड्नु
औंला ठड्याउन दीवाना धेरै छन ।
क-कसमा राखु निगरानी ए हजुर
चिनजान नयाँ पुराना धेरै छन ।
पत्थर बर्सिदा हाल खबर सोध्न
उ मात्र एक हैन जमाना धेरै छन ।
हर गल्ली पुग्छ फकिर जिन्दगीमा
र त म भेट्टीने ठेगाना धेरै छन ।
वाह ! यस्तो पो गजल ।
ReplyDeletesuperb