Sunday, May 12, 2013

एकै तीर बाँकि निशाना धेरै छन


एक तीर बाँकी निशाना  धेरै छन
शिकार हुनु नहुनु बहाना धेरै छन ।

इरादा,संयमता सधै बोकी हिड्नु  
औंला ठड्याउन  दीवाना धेरै छन  ।

क-कसमा राखु  निगरानी ए हजुर
चिनजान  नयाँ  पुराना   धेरै  छन ।

पत्थर बर्सिदा  हाल खबर सोध्न
उ मात्र एक  हैन जमाना धेरै छन  ।

हर गल्ली पुग्छ फकिर जिन्दगीमा
र  त  म  भेट्टीने  ठेगाना धेरै  छन ।

1 comment:

  1. वाह ! यस्तो पो गजल ।
    superb

    ReplyDelete